काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले बिदाइ भेट गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध पक्षमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।







