२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमुख मालपोत अधिकृतसहित भूमि आयोगका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अ+ अ-

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय भूमि आयोग, जिल्ला समिति कास्कीका तत्कालीन अध्यक्ष र प्रमुख मालपोत अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

कास्की जिल्लास्थित सार्वजनिक विद्यालयको जग्गा गैरकानुनीरूपमा व्यक्तिको नाममा दर्ता गराई भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

आयोगका अनुसार पोखरा महानगरपालिका-२६ मा रहेको सामुदायिक अमरज्योति आधारभूत विद्यालयको सार्वजनिक परिसरभित्रको कित्ता नम्बर ७२५ को ३-३–०-० रोपनी जग्गा गैर सुकुम्बासी व्यक्तिलाई सुकुम्बासी ठहर गरी दर्ता गराइएको पाइएको हो। यस कार्यमा पदको दुरुपयोग गरी गैरकानुनी लाभ लिने–दिने उद्देश्यले निर्णय गरिएको अख्तियारको ठहर छ।

आयोगका अनुसार राष्ट्रिय भूमि आयोग, जिल्ला समिति कास्कीका तत्कालीन अध्यक्ष गंगाप्रसाद पोख्रेल, तत्कालीन सदस्य तथा मालपोत कार्यालय कास्की, पोखराका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी, तत्कालीन सदस्यहरू आशबहादुर गुरुङ, उमा कुमारी थापा, सोमबहादुर नेपाली र लाभग्राही भिमबहादुर बि.क समेतको संलग्नतामा नेपाल सरकार तथा सार्वजनिक संस्थालाई आर्थिक हानि पुर्‍याइएको छ।

अनुसन्धानका क्रममा प्रतिवादी भीमबहादुर सुकुम्बासीको परिभाषाभित्र नपर्ने व्यक्ति भएको, उनका परिवारका नाममा पहिल्यै जग्गा दर्ता रहेको तथ्य हुँदाहुँदै झुट्टा विवरणका आधारमा सुकुम्बासी प्रमाणित गरिएको आयोगले जनाएको छ। साथै, विगतमा अधुरो रहेको निर्णय कार्यान्वयनको बहाना बनाई गैरकानुनी कागजातलाई आधार मानी उक्त जग्गाको दर्ता श्रेस्ता र जग्गाधनी प्रमाणपूर्जा जारी गरिएको पाइएको छ।

यस प्रकरणमा अख्तियारले एक करोड ४० लाख २५ हजार रुपियाँ बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१)(ज) अनुसार कैद, बिगो बमोजिम जरिवाना र बिगो असुल उपरको सजाय माग दाबी गरेको छ।