२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हवाई सेवा तथा सुरक्षामा सबैले महसुस गर्ने गरी परिवर्तन ल्याउन पर्यटनमन्त्री सिन्हाको निर्देशन

अ+ अ-

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हाले काठमाडौँ विमानस्थलबाट यात्रा गर्दा आफ्नो अनुभव सुखद नरहेको बताएका छन् ।

उनले दुई महिनाभित्र सबैले महसुस गर्ने गरी परिवर्तन ल्याउन निर्देशन समेत दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको २७ औँ वार्षिकोत्सवलाई बुधबार सम्बोधन गर्दै मन्त्री सिन्हाले विमानस्थलमा कस्मेटिक सुधार भए पनि सामान्य मान्छे र पर्यटकका रूपमा अनुभव सुखद नभएको धारणा राखेका छन् ।

मन्त्री सिन्हाले भने, ‘काठमाडौँ विमानस्थलबाट यात्रा गर्दा मेरो अनुभव सुखद रहेन, कस्मेटिक सुधार भयो होला, सामान्य मान्छे र पर्यटकका रूपमा अनुभव सुखद छैन ।’ उनले असहज अनुभूति आफैँले भोगेको भन्दै ससाना कुरालाई सम्बोधन गर्न चुकेको टिप्पणी गरेका छन् ।

विमानस्थलमा परिवर्तन र सुधार जरुरी रहेको भन्दै उनले हवाई सुरक्षामा समेत दत्तचित्त भएर काम गर्न निर्देशन दिए । अब आफूसँग मन्त्रीका रूपमा धेरै समय नरहेको बताउँदै उनले भने, ‘यो अवधिमा अब कुनै दबाबविना काम गर्नुस्, बाहना नबनाउनुस्, तपाईँलाई चुनौती भयो, दुई महिनामा एभियसन सेफ्टीमा, यो दुई महिना काफी छ, म काम चाहन्छु, तपाईँ खटिनुस् ।’

‘दुई महिनामा केके गरेर देखाइदिन सक्नुहुन्छ, निर्वाचन पछि आउने नयाँ सरकारलाई काम थालेर देखाइदिनुस्,’ मन्त्री सिन्हाले भने ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको लेखा र सम्पत्ति सुरक्षामा पनि पनि उनले सार्वजनिक असन्तुष्टि जनाए । कालो सूची र नयाँ विमानस्थल नियमित चल्ने योजना प्राप्त गर्न नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

भैरहवा र पोखरामा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको सम्भावना खोज्ने काममा अग्रसरता लिन उनले निर्देशन दिए । उनले भने, ‘भैरहवा र पोखरा विमानस्थलमा भएको लगानी त्यसले प्राप्त गर्ने राजस्वले उठाउँछ कि उठाउन्न, त्यसले प्राधिकरणको सफलता मापन गर्छ ।’