२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फ्लोरिडा वार्ता पछि नेतान्याहूद्वारा ट्रम्पलाई इजरायल शान्ति पुरस्कार दिने घोषणा

अ+ अ-

फ्लोरिडा(अमेरिका) । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सोमबार फ्लोरिडामा दुई नेताहरू बिचको द्विपक्षीय वार्ता पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इजरायलको सर्वोच्च शान्तिका लागि इजरायल पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् । 

नेतान्याहूले इजरायली सरकारले ट्रम्पलाई शान्तिका लागि इजरायल पुरस्कार प्रदान गर्ने निर्णय गरेको बताउँदै ८० वर्षमा पहिलो पटक यो पुरस्कार गैर–इजरायली नागरिकलाई प्रस्ताव गरिएको पुष्टि गर्दै  पहिलो पटक शान्ति श्रेणी थप गरिएको बताएका छन् । 

सोमबार फ्लोरिडास्थित ट्रम्पको निवास मार–ए–लागोमा भएको द्विपक्षीय वार्ता पछि ट्रम्पसँगको संयुक्त पत्रकार सम्मेलनमा नेतान्याहूले यस्तो घोषणा गरेको बताइएको छ भने ट्रम्पले यस सम्मानलाई अप्रत्याशित र प्रशंसनीय भन्दै प्रतिक्रिया दिएको बताइएको छ ।   

राष्ट्रपति डोनाल्ड जे ट्रम्पले इजरायली र यहुदी जनताका लागि गरेको अपार योगदानका लागि यो पुरस्कार प्रदान गरेको शिक्षा मन्त्रीले औपचारिक रूपमा घोषणा गरेको  “नेतान्याहूले पुष्टि गरे । 

“यसले सम्पूर्ण क्षेत्रमा इजरायलीहरूको भावनालाई प्रतिबिम्बित गर्दछ, उनीहरूले इजरायललाई सहयोग गर्न र आतङ्कवादीहरू विरुद्धको हाम्रो साझा लडाइँको कदर गर्छन्“ उनले बताए । 

ट्रम्पले प्रतिक्रिया दिँदै पुरस्कार आश्चर्यजनक र धेरै सराहनीय रहेको बताएका छन् । 

इजरायल पुरस्कार देशको सर्वोच्च नागरिक सम्मान हो, परम्परागत रूपमा विज्ञान, कला र मानविकी जस्ता क्षेत्रमा उत्कृष्टताका लागि इजरायली नागरिकहरूलाई प्रदान गरिन्छ । यद्देपी शान्ति श्रेणी यस अघि कहिल्यै प्रदान गरिएको थिएन । जुलाई २०२५ मा, इजरायलले  पुरस्कारका लागि ट्रम्पको छनोट गर्दै विदेशी नागरिकलाई सम्मान दिन अनुमति दिन पुरस्कार नियमहरू संशोधन गरेको थियो । 

पुरस्कार प्राप्त गर्न ट्रम्पले इजरायलको स्वतन्त्रता दिवस समारोहमा सहभागी हुने अपेक्षा गरिएको सिएनएनले जनाएको छ । शिक्षा मन्त्री योव किस्चले ट्रम्पलाई औपचारिक रूपमा निर्णयको जानकारी दिएसँगै उनले समारोहमा उपस्थित हुने विचार व्यक्त गरे । 

दुई नेताहरूबिच मतभेद रहेको भएता पनि ट्रम्प र नेतान्याहूले कब्जा गरिएको वेस्ट ब्याङ्कसहित गाजा शान्ति योजनाको दोस्रो चरणबारे पनि कुरा गरेको ट्रम्पले बताएका छन् । 

 यसै विच नेतान्याहूले वार्ता अत्यधिक फलदायी भएको बताउँदै ट्रम्पको भूमिकाको प्रशंसा गरेका छन् ।