२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिंहदरवारस्थित मन्त्रालयमा ब्रेल लिपिसहित नेमप्लेट, मन्त्री श्रद्धा श्रेष्ठको समावेशी पहल

अ+ अ-

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले सिंहदरवारस्थित मन्त्रालयमा ब्रेल लिपि एम्बोस गरिएको नेमप्लेटको व्यवस्था गरेकी छन्। दृष्टिविहीन तथा अन्य अपांगता भएका सेवाग्राहीले सहज, समावेशी र व्यवहारिक सेवा पाउन सकुन् भन्ने उद्देश्यसहित गरिएको यस पहललाई मन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्। सम्भवतः मन्त्रीहरूले समावेशी नेमप्लेट राखेको यो पहिलो पटक हो । 

मन्त्री श्रेष्ठले दृष्टिविहीन व्यक्तिको पहुँच सुनिश्चित गर्न आफ्नै भिजिटिङ कार्डमा समेत ब्रेल लिपि एम्बोस गराएको उल्लेख गरेकी छन्। “दृष्टिविहीन तथा अन्य अपांगता भएका साथीहरूले सहजतासहित समावेशी र व्यवहारिक सेवा प्राप्त गर्न पाउनुपर्छ भन्ने कुरामा म सधैँ अडिक छु,” मन्त्री श्रेष्ठले लेखेकी छन्।

उनका अनुसार मन्त्रालयमा कार्यरत दृष्टिविहीन कर्मचारी निरा अधिकारीले ब्रेल लिपिसहितको नेमप्लेट प्रयोग गरी यसले आफूजस्ता अन्य दृष्टिविहीन व्यक्तिलाई पनि धेरै सजिलो हुने प्रतिक्रिया व्यक्त गरिसकेकी छन्। मन्त्री श्रेष्ठले यो अभ्यासलाई क्रमशः अन्य निकाय तथा कार्यालयहरूमा पनि कार्यान्वयन गराउँदै लैजाने प्रतिबद्धता जनाएकी छन्।

समावेशी सेवा प्रवाह, पहुँचयोग्य र समान अवसर सुनिश्चित गर्नेतर्फ यो पहल महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले सुधारोन्मुख कदममार्फत राज्यका सेवाहरू सबैका लागि समान र पहुँचयोग्य बनाउने स्पष्ट प्रतिबद्धता व्यक्त गरेकी छन्।