काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले रवि लामिछाने र बालेन साह मिलेपछि अब मन्त्री कुलमान घिसिङ र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि मिल्न सक्ने बताएका छन् ।
बास्कोटाले बिहान सामाजिक सञ्जालमार्फत नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा तथा सहरी विकास मन्त्री कुलमान घिसिङ पनि मिल्ने अनुमान गरेका हुन्। ’रवि-बालेन मिलेछन्। अब कुलमान-प्रचण्ड बाँकी रहे जस्तो देखियो,’ आइतबार बिहान सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘त्यो पनि होला झैँ लाग्छ।’
ऊर्जा मन्त्री समेत रहेका उनेपाका संरक्षक कुलमानलाई बाहिरै राखेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले आइतबार बिहान सात बुँदे सहमति भएपछि नेता बास्कोटाको यस्तो अनुमान सार्वजनिक गरेको हो।







