काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधि सभा निर्वाचनको लागि समानुपातिकतर्फ बन्द सूचीमा बुझाउनका लागि उम्मेदवारको नाम मागेको छ ।
समानुपातिकतर्फ उम्मेदवारको नाम बुझाउने समय नजिकिएसँगै नेकपाले तल्लो तहबाट उम्मेदवारको लिस्ट मागेको हो । समानुपातिकतर्फ उम्मेदवारको बन्द सूची पुस १३ र १४ भित्र पेस गर्नुपर्ने छ ।
आयोगमा तोकेको समयमा उम्मेदवारको नाम बुझाउने गरी पार्टीले काम गरिरहेको नेकपाका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । उनका अनुसार शुक्रबारभित्र जिल्ला कमिटीलाई नाम पठाउन निर्देशन भएको छ ।
उनले उम्मेदवार छनोटको मापदण्डसहित निर्देशन गरेको बताएका छन् ।
उनले विगतमा अवसर पाएकाहरूलाई नदोहोर्याउने नीति अघि सारेको पनि बताए । पार्टी एकतापछि समन्वय गरेर गरेर नाम पठाउन निर्देशन दिएको पनि बताएका छन् ।







