२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डिल्लीबजार कन्या क्याम्पस सञ्चालक समितिको अध्यक्षमा डा. शर्मा

अ+ अ-

काठमाडौँ । नारी शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै आएको डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा डा. रुद्र शर्मा चयन भएका छन्। 

क्याम्पसको आज सम्पन्न साधारण सभाले डा. शर्माको अध्यक्षतामा २५ सदस्यीय सञ्चालक समिति चयन गरेको हो । समितिको सदस्यहरूमा पूर्व मन्त्री विक्रमबहादुर थापा, पूर्व सांसद विशाल भट्टराई, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, प्राध्यापक डा. आनन्द पन्थ, समाजसेवी शोभित उप्रेती, देवी लामा, भरत ढकाल, लोकेन्द्र शाहीलगायतलाई चयन गरिएको छ ।

विसं २०३७ देखि सामुदायिक कन्या क्याम्पसका रूपमा सञ्चालित डिल्लीबजार क्याम्पसले ४५ वर्ष पूरा गरेको छ । साधारण सभाको उद्घाटन सत्रमा बोल्दै बागमती प्रदेशसभा सदस्य एवम् पूर्व मन्त्री दिपेन्द्र श्रेष्ठले नारी शिक्षाको उन्नयनमा क्याम्पसको ठूलो योगदान रहेको बताए । क्याम्पसको भौतिक तथा शैक्षिक विकासमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने उनको भनाइ थियो ।  

पूर्व मन्त्री विक्रमबहादुर थापाले क्याम्पसमा विद्यार्थी सङ्ख्या बढाउन क्याम्पसलाई थप सुदृढ र सक्षम बनाउन आवश्यक सुधार गर्दै लैजानुपर्ने बताए । क्याम्पस प्रमुख अपराजिता अर्यालले क्याम्पसले करिब ६५ जिल्लाका ७०० छात्राहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको जानकारी दिए । सञ्चालक समितिका अध्यक्ष डा. रुद्र शर्माले समयानुकूलका विषय थप्दै क्याम्पसलाई गुणस्तरीय शैक्षिक केन्द्र बनाउनुपर्ने तथा त्यसको लागि सबैको सहयोग आवश्यक रहेको उल्लेख गरे ।