२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेलम्ची खानेपानी भ्रष्टाचार प्रकरणमा विशेषको फैसला बदरविद्ध सर्वोच्च पुग्यो अख्तियार

अ+ अ-

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचार प्रकरणमा विशेष अदालबाट भएको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुनरावेदन लिएर सर्वोच्च अदालत पुगेको छ ।

मेलम्ची आयोजना प्रकरणमा तीन पूर्वसचिव सञ्जय शर्मा, गजेन्द्रकुमार ठाकुर र भीम उपाध्याय तथा तीन ठेकेदार कम्पनीसहित १८ जनाविरुद्ध भएको मुद्दामा विशेषले गरेको फैसला बदर एवं मागदाबी अनुसार सजाय हुनुपर्ने जिकिरसहित अख्तियारले आइतबार पुनरावेदन गरेको हो ।

दुई वर्षअघि अख्तियारले तत्कालीन सचिव गजेन्द्र ठाकुरसहित १५ व्यक्ति र कम्पनीविरुद्ध पौने ७ अर्ब बिगो मागदाबी गरेर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । मुद्दाको किनारा लगाउँदै गत वर्ष विशेष अदालतले पूर्व सचिव ठाकुरसहित ३ कर्मचारी, एक ठेकेदार र तीन ठेकेदार कम्पनीलाई दोषी ठहर गर्दै बाँकीलाई सफाइ दिएको थियो ।

विशेषको उक्त फैसला अनुसन्धाबाट खुलेका तथ्य प्रमाण तथा सर्वोच्च अदालतबाट स्थापित नजिर विपरीत भन्दै अख्तियारले मागदाबी अनुसार नै प्रतिवादीविरुद्ध बिगो कायम गरी कैद र जरिवाना हुनुपर्ने जिकिर गरेको छ । विशेष अदालतले पूर्वसचिव ठाकुर तथा मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कँडेललाई जनही १० करोड १० लाख ६१ हजार ७५ रुपैयाँ बिगो र ८ वर्ष एक महिना कैद सजाय गरेको थियो । परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार शर्मालाई ८ वर्ष कैद र २ करोड ९५ लाख ६५ हजार ६०३ रुपैयाँ बिगो कायम गरेको थियो ।

परामर्शदाता कम्पनी इप्टिसा र बेट्स (बीइटीएस) सँग ६ करोड २१ लाख ९३ हजार ५९६ रुपैयाँ बिगो कायम गरिएको थियो । त्यस्तै अर्को ठेकेदार इटालियन निर्माण कम्पनी सीएमसीलाई भ्रष्टाचारको मतियारमा दोषी ठहर गरी २६ करोड ११ लाख ६ हजार ९९१ रुपैयाँ बिगो असुल्न अदालतले आदेश दिएको थियो ।

अख्तियारले ६ फागुन, २०८० मा मेलम्चीमा भ्रष्टाचार भएको आरोप लगाउँदै तीन पूर्वसचिवसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।