२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘भदौ २३ गतेको घटनामा तत्कालीन सरकार दोषी’ : एमाले नेता सुरेन्द्र पाण्डे

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले जेन जेड आन्दोलनको क्रममा २३ गतेको घटनाको दोषी तत्कालीन सरकार रहेको बताएका छन् ।

चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले तत्कालीन सरकारका प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘गोली कसले चलाएको थाहा छैन’ भन्नु गलत रहेको बताएका छन् ।

‘धरहरा कसले बनायो भन्दा तत्कालीन सरकारले बनाएको भन्ने तर, गोली कसले चलायो भन्दा थाहा छैन भन्नु गलत हो । २३ गतेको घटनाको निष्पक्ष छानबिन हुनुपर्छ र दोषीमाथि कारबाही हुनुपर्छ’, पाण्डेको माग छ ।

उनले पहिलो दिनको घटनामा सरकार दोषी भएजत्तिकै २४ गतेको घटना पनि अक्षम्य रहेको बताएका छन् । देशमा कानूनी शासन स्थापित गर्न पनि दुवै दिनका घटनाका दोषीले उन्मुक्ति पाउनु नहुने पाण्डेको भनाइ छ ।

उपाध्यक्ष पाण्डेले नेकपा एमाले सरकारमा भएको कारण भएको घटना भएकोले पनि छानबिनमा सघाएर यो घटनाको दागबाट मुक्त भएर नबसे माओवादीका नेता कार्यकर्ता जस्तै कहिले समातिइन्छ भन्ने त्रासमा बस्नुपर्ने बताए ।

जेन(जी आन्दोलन एमालेको भलिभाँती कमजोरीको उपज भएको दाबी गरेका छन् । पार्टी र सरकारका संयन्त्रलाई यति ठुलो आन्दोलन र विध्वंसको सूचना नहुनु ठुलो कमजोरी भएको उनको भनाइ छ ।

अर्को प्रसंगमा उपाध्यक्ष पाण्डेले टेको लाउने शक्ति नै नभएको अहिलेको सरकारले चुनाव गराउन सक्नेमा शंका व्यक्त गरेका छन् । चुनावको लागि प्राविधिक, राजनीतिक र मनोवैज्ञानिक तयारी नै नगरेको उनको टिप्पणी छ । पाण्डेले दलहरू चुनावको लागि सकारात्मक भए पनि दलका नेतासँगको संवादमा सरकारको उदासीनता देखिएको बताए ।

‘फागुन २१ मा चुनाव गराउन निकै कठिन छ, चुनावको मनोविज्ञान बनेको छैन । प्राविधिक तयारी नै सरकारको पुग्दैन । तर, चुनाव नभएको अवस्थामा देश अझ अन्यौलतामा जान्छ’, उनले सुनाए ।

एमालेको आसन्न महाधिवेशनका बारेमा भने उनले नेतृत्वको लागि निर्वाचन हुने दाबी गरेका छन् । आठौँ महाधिवेशनबाट प्रतिस्पर्धाको राजनीति थालेको सम्झिँदै उनले भने, ‘हाम्रो महाधिवेशनमा प्रतिनिधि बराबर हुन् । प्रतिस्पर्धा कसैले रोक्न सक्दैन । प्रतिस्पर्धाबाटै नेतृत्व चयन हुन्छ ।’