काठमाडौँ। नेपाली काँग्रेसका सांसद वीरबहादुर बलायरले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक अब धेरै रोक्न नहुने बताएका छन् ।
‘अव्यवस्थित बसोबासलाई फैलिएर नजाउन् भन्नका लागि विधेयक आएको छ । हामीले धेरै छलफल गर्यौँ । अब धेरै नलमब्याऔं, नरोकौँ’, उनले भने ।
अहिले समितिमा छलफल जारी छ । विधेयकबारे सांसदहरूले आफ्नो धारण राखिरहेका छन् ।
समितिमा धारणा राख्दै रास्वपाका सांसद अशोक चौधरीले विधेयकमार्फत भूमिको व्यापारीकरण गर्न खोजेको आभास भएको बताएका छन् ।







