२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनपी साउदले भने : ‘अराजकता र अनियमिततालाई सरकारले प्राथमिकता दिँदैन’

अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका सांसद नारायणप्रकाश (एनपी) साउदले अराजकता, अनियमितताहरूलाई सरकारले प्राथमिकता दिन नसक्ने बताएका छन् ।

बुधबार सिंहदरवारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । समितिको बैठकमा बुधबार हवाई तथा उड्डयन सुरक्षा सम्बन्धमा काननविद्हरूसँग छलफल भएको थियो ।

छलफलमा भाग लिँदै उनले सरकारमा बसेपछि एउटा सर्वांगीण दृष्टिकोण राख्न जरुरी रहेको भनाइ राखेका छन् ।

‘सरकारमा भएपछि, सरकारमा बसेपछि एउटा सर्वांगीण दृष्टिकोण राख्नुपर्छ । हामीले वायुसेवा पनि हामीले नै चलाउनुपर्ने हो,’ सांसद साउदले भने, ‘यसलाई दिगो, भरपर्दो बनाउनुपर्ने, यसको विकास गर्नुपर्ने दायित्व नेपाल सरकारको हो । यो कुरोलाई ध्यानमा हामीले राखेनौँ भने एकाध एयरलाइन्सबाहेक अरु बन्द हुने स्थिति भयो ।’

वायुसेवालाई दिगो, भरपर्दो बनाउनुपर्ने, यसको विकास गर्नुपर्ने दायित्व सरकारको भएको बताउँदै उनले यसलाई ध्यान नदिए एकाध एयरलाइन्सबाहेक अरु बन्द हुने स्थिति रहेको बताए ।

‘प्रमोट गर्ने कुरामा सरकारले के सरलीकरण गर्ने बाटो दिन सक्छ त्यसमा सरकारको दृष्टि हुनुपर्छ । अराजकता, अनियमितताहरूलाई हामीले प्राथमिकता दिन सक्दैनौँ,’ उनले समिति बैठकमा भने, ‘नेपालमा धेरै दुर्घटना भइरहेका छन्, उड्डयन होस् वा अरु संस्थाहरू तिनीहरूलाई कुनै रूपमा नस्विकारेको कारण पनि समस्या छ ।’