२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोकतान्त्रिक मोर्चाद्वारा गौर हत्याकाण्डमा सर्वोच्चको आदेश र उपनिर्वाचनबारे छलफल गर्न बैठक आह्वान

अ+ अ-

काठमाडौँ । संघीय लोकतान्त्रिक मोर्चाले बैठक बोलाएको छ। गौर हत्याकाण्डको अनुसन्धान गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेपछि मोर्चाले बैठक आह्वान गरेको हो।

बैठक आज साँझ ५ बजे थापागाँउस्थित जनता प्रगतिशील पार्टी नेपालको केन्द्रीय कार्यालयमा बस्ने मोर्चाका नेता केशव झाले बताए।

उनका अनुसार गौर हत्याकाण्डसहित रुपन्देही ३ को उपनिर्वाचनको तयारी र अन्य समसामयिक विषयमा छलफल हुने बताए।

गौर हत्याकाण्डको छानबिन गर्नको लागि अदालतले अनुमति दिएपछि मधेश केन्द्रित दलहरूमा तरंग ल्याएको छ। मोर्चामा आबद्ध जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव घटनाको मुख्य योजनाकारको रूपमा मानिन्छन्।

यस्तै मोर्चाले रुपन्देहीको उपनिर्वाचनमा नाउपाको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो। आन्तरिक विवादमा फसेपछि नाउपाले उपनिर्वाचनमा भाग लिन नै अयोग्य भएपछि संरक्षक रेशम चौधरीले उठाएका स्वतन्त्र उम्मेदवारलाई सघाउनेबारे पनि छलफल हुनेछ।

बैठकमा उपसभामुखलाई हटाउन काँग्रेस-एमालेले अघि सारेको तयारीबारे पनि छलफल हुने बताइन्छ। प्रतिनिधि सभामा दुई तिहाइ बहुमत पुर्‍याउनको लागि मोर्चामा आबद्ध दलहरू नै निर्णायक छन्।