२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. प्रकाश शरण महतका जिकिर : ‘काँग्रेसलाई चुनौती दिने अर्को पार्टी छैन’

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले अहिले पनि सिद्धान्त, नीति र समर्पणले हिसाबले काँग्रेसलाई चुनौती दिने अर्को पार्टी नभएको जिकिर गरेका छन् । 

काँग्रेस शुभेच्छुक संस्था समन्वय विभागको कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ या अरू पार्टीको तुलनामा काँग्रेस नै बेस्ट भएको जिकिर गरेका हुन् ।

उनले भने, ‘कुनै दुबिधा राख्न आवश्यक छैन । ढुक्क भएर लाग्नुस् । काँग्रेस अहिले पनि सान्दर्भिक छ । र भोलि पनि रहन्छ । अहिले पनि सिद्धान्त, नीति र समर्पणले चुनौती दिने अर्को पार्टी छैन । मिसन ०८४ एक्लै सफल पार्न लाग्नुपर्छ । व्यवहारिक रूपमा एक्लै बहुमत ल्याउन अफ्ठेरो छ। तर पनि सर्वाधिक लोकप्रिय पार्टी बनाउने उत्साहका साथ लाग्नुपर्छ। तर हामी संगठनको सवालमा कमजोर छौँ। हामी व्यक्तिवादी भएका छौँ ।’

उनले अहिले सामाजिक सञ्जालमा काँग्रेससहित अन्य पार्टीहरू काम छैन भनेर भ्रम चलाइरहेको बताए । उनले सामाजिक सञ्जालमा भइरहेको झूटा कुराको प्रतिवाद गर्नको लागि नेता कार्यकर्तालाई निर्देशन दिए ।

उनले भने, ‘अहिले झूटो कुराको प्रचार भइरहेको छ। सत्य कुरा उल्टो गाली खाइन्छ भनेर बोल्दैनन् । अब सामाजिक सञ्जालमा होस् वा जनताको बीचमा जाँदा बोल्न थालौँ ।’

उनले अहिले बाध्य भएर एमालेसँग मिलेर सरकार बनाउनुपरेको बताए ।

उनले पार्टीका असन्तुष्ट नेताहरूलाई भने, ‘अरूसँग मिलेर सरकार बनाउन परेपछि सबै त कहाँ पाइन्छ। ५० प्रतिशत मात्रै भए पनि हुन्छ भनेर गएका हौँ नि। एक्लै बनाउने अवस्था छैन। त्यो कुरालाई आत्मसाथ गर्नुपर्छ। हामीले भनेजस्तो भएन भने नेतृत्वले अडान लिन्छ। लिइराखेको पनि छ।’