२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री लेखक र सचिव दुवाडीबीच कार्यसम्पादन सम्झौता, नतिजामुखी काम गर्न निर्देशन

अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राष्ट्रको हित र आम नागरिकलाई थप सुविधा हुने गरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन्। 

आइतबार गृह मन्त्रालयमा आर्थिक वर्ष २०८२/०८३ का लागि गृह सचिव गोकर्णमणि दुवाडीसहित संगठन प्रमुख, महाशाखा तथा विभागीय प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता गर्दै मन्त्री लेखकले लागुऔषध, सडक दुर्घटना, आत्महत्या र साइबरक्राइम नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने बताए।

गृहमन्त्री लेखकले भने, “लागुऔषध, सडक दुर्घटना, साइबरक्राइम र आत्महत्या अहिलेका नयाँ चुनौती हुन्। यसमा विशेष काम भएको छ तर परिणाम आउन थोरै समय लाग्छ। अब यो वर्ष नतिजामुखी ढंगले काम गर्नुपर्छ।”

उनले पश्चिम नेपाल भूकम्पको विस्तृत क्षति आँकलन भइरहेको उल्लेख गर्दै चालु आर्थिक वर्षभित्रै पुनर्निर्माण कार्य सम्पन्न गर्ने गरी काम अघि बढाउन निर्देशन दिए। साथै, गत आर्थिक वर्षमा गृह मन्त्रालयले तोकिएको माइलस्टोनमा ८८ प्रतिशत प्रगति गरेकोप्रति बधाई र धन्यवाद व्यक्त गरे।

मन्त्री लेखकले भने, “अहिलेको आवश्यकता अनुसार नयाँ नीति र योजना तयार गरी अघि बढ्नुपर्छ। सीमित स्रोत, साधन, जनशक्ति र बजेटको दायराभित्र बसेर काम गर्नुपर्छ।”

कार्यसम्पादन सामूहिक जिम्मेवारी भएको उल्लेख गर्दै उनले जस वा अपजस पनि सामूहिक रूपमा लिनुपर्नेमा जोड दिए। मन्त्रालयको नेतृत्व सम्हालेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्बन्धी विधेयक अगाडि बढाइएको स्मरण गर्दै उनले प्रतिनिधि सभामा केही जटिलताका कारण रोकिएको जानकारी दिए।

उनले थपे, “पाइपलाइनमा रहेका कानुनी विधेयक यो महिनाभित्रै प्रतिनिधि सभामा दर्ता हुने गरी प्रक्रिया अघि बढाउनुपर्छ। मन्त्रालयको नीतिगत र कानुनी सुधार हाम्रो प्राथमिकता हो, सोही अनुसार काम अघि बढिरहेको छ।”