२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साढे चौबीस लाख रुपैयाँ घुससहित पक्राउ परेका मालपोतका हाकिमसहित २ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

अ+ अ-

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत हाकिमसहित २ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

भक्तपुरस्थित भूमि सुधार तथा मालपोत कार्यालयका प्रमुखसहित दुई कर्मचारीविरुद्ध २४ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

चाँगुनारायण नगरपालिका मा रहेको १४ रोपनी ४ आना क्षेत्रफलको जग्गा मोही र लगत कट्टा गरी मोहीको नाममा प्रमाण पुर्जा बनाउने प्रयोजनका लागि घुस मागिएको उजुरीका आधारमा आयोगले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानको क्रममा अख्तियारको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय, भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतलाई नियन्त्रणमा लिएको थियो । आचार्य र राउतको साथबाट मोबाइल सहित घुस बापत लिएको भनिएको २४ लाख ५० हजार समेत बरामद गरिएको हो ।

सेवाग्राहीसँग मिलेमतोमा जग्गाको मोही बाँडफाँड तथा नामसारी प्रक्रियालाई सहजीकरण गर्ने बहानामा उक्त घुस रकम मागिएको पुष्टि भएको आयोगका प्रवक्ता एवं सहसचिव राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।