२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चन्द्र ढकाल र स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख रेनेबीच भेटवार्ता

अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख इमाकुलाडा रियरा रेनेबीच महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ ।

उक्त भेटवार्तामा दुई देशबीचको आर्थिक सहकार्य, व्यापार, लगानी, साना तथा मझौला उद्यम र दीर्घकालीन साझेदारीका विषयमा छलफल भएको थियो ।

सो अवसरमा मभहासंघका अध्यक्ष ढकालले नेपाल-स्पेन सम्बन्धलाई निजी क्षेत्रमार्फत अझ मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याउँदै स्पेनसँग सहकार्य गरी नेपाली बजारमा प्रविधि, पुँजी र अनुभव भित्राउन सकिने बताए । अध्यक्ष ढकालले त्यसका लागि निजी क्षेत्र पूर्णरूपमा तयार रहेका धारणा राखे ।

स्पेन चेम्बर अफ कमर्ससँगको प्रस्तावित समझदारी पत्रको प्रारम्भिक मस्यौदा प्रति आभार व्यक्त गर्दै अध्यक्ष ढकालले त्यसले साझा दृष्टिकोण र दीर्घकालीन सम्बन्धका लागि आधारशिला बनाउने विश्वास व्यक्त गरे । साथै उनले समझदारी पत्रको विस्तृत अध्ययनपछि छिट्टै दुवै पक्षले हस्ताक्षर गर्ने प्रतिबद्धता जनाए ।

‘प्रस्तावित यो समझदारी पत्रमा व्यापार प्रवर्द्धन, लगानी, बजारसम्बन्धी जानकारी आदानप्रदान, प्रतिनिधिमण्डलको सहयोग, र साना तथा मझौला उद्योगहरू बीच सहकार्यजस्ता व्यावहारिक पक्ष समेटिएका छन्, जुन सकारात्मक छन्,’ उनले भने । यस्तै उनले संयुक्त लगानी, प्राविधिक सहकार्य, र ज्ञान साझेदारीका लागि समझदारी पत्र एक सशक्त प्लेटफर्म बन्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष ढकालले स्पेनिश व्यवसायहरूलाई नेपालबारे बुझ्न सजिलो हुने र नेपाली व्यवसायीहरूका लागि स्पेनलाई युरोप प्रवेशको ढोका बनाउने आधार यस समझदारी पत्रले तयार पार्ने उल्लेख गरे ।

उनले साना तथा मझौला उद्योगहरूको भूमिकालाई विशेष रूपमा उल्लेख गर्दै नेपाल(स्पेन दुवै देशमा यी उद्यमहरू अर्थतन्त्रको मेरुदण्ड भएको बताए ।

नेपालमा धेरै सकारात्मक नीतिगत परिवर्तनहरू भएको उल्लेख गर्दै उनले यी परिवर्तनले नेपालमा बाह्य लगानीको लागि प्रशस्त अवसरहरू सिर्जना गरेको जानकारी दिए । उनले पर्यटन, पूर्वाधार, जलविद्युत, नवीकरणीय ऊर्जा, कृषि प्रशोधन, र सूचना प्रविधिजस्ता क्षेत्रमा स्पेनिश लगानीको ठूलो सम्भावना रहेको बताए ।

स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख इमाकुलाडा रियरा रेने रियराले नेपालमा लगानीको सम्भावना अत्यन्त आकर्षक रहेको बताउँदै व्यापारिक सहकार्य सशक्त बनाउन इच्छुक रहेको धारणा राखे । उनले पर्यटन, प्रविधि, कृषि, नवीकरणीय ऊर्जा र पूर्वाधारमा सम्भाव्यता रहेको उल्लेख गरिन् । यस्तै उनले महासंघसँग हुने समझदारीले नेपाल र स्पेनबीचको निजी क्षेत्रीय समन्वय र विश्वासलाई नयाँ उचाइमा पुर्‍याउने धारणा राखिन् ।

भेटका क्रममा दुवै पक्षले आपसी आर्थिक सम्बन्धलाई थप गहिरो बनाउन संयुक्त पहल आवश्यक रहेको र साझा कार्यक्रम तथा सहकार्यबाट व्यावसायिक समुदायहरू लाभान्वित हुनेमा विश्वास व्यक्त गरेका थिए ।

भेटवार्ताका अवसरमा महासंघका पूर्व अध्यक्ष चन्डिराज ढकाल, महासंघका कोषाध्यक्ष भरतराज आचार्यको पनि सहभागिता थियो । गत जुन महिनामा स्पेनमा आयोजित कार्यक्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली सहितको टोलीमा सम्मिलित रहँदा महासंघका अध्यक्ष ढकालले स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख रिएरालाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।