२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रेशम चौधरीले भने : ‘रुपन्देही-३ को उपनिर्वाचन जसरी पनि जित्नुपर्छ’

अ+ अ-

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले रुपन्देही-३ मा हुने उपनिर्वाचन संघीय लोकतान्त्रिक मोर्चाका लागि परीक्षा भएको बताएका छन् ।

साथै, उनले उक्त निर्वाचन आफ्नो मोर्चाले जसरी पनि जित्नुपर्ने बताए ।

संघीय मोर्चाले कैलालीमा आयोजना गरेको वर्तमान राजनीतिक अवस्थाबारे ‘जनजागरण अभियान’ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

थारु–मधेशी लगायत सबै उत्पीडितहरूको एकताको निम्ति मोर्चा गठन गर्नु परेको उनको भनाइ थियो ।

‘यसपालि रुपन्देहीमा हुने उपनिर्वाचन मोर्चाको परीक्षा हो,’ चौधरीले भने, ‘यो निर्वाचन हामीले जसरी पनि जित्नुपर्ने छ ।’

साथै, उनले थारु भएकै कारण आफूहरूमाथि राज्यसत्ताबाट अन्याय र विभेद भएको गुनासो पनि गरे ।

कार्यक्रममा लोसपा अध्यक्ष महन्थ ठाकुरले पनि सम्बोधन गरेका थिए ।

मोर्चाले देशव्यापी रूपमा जनजागरण अभियान सञ्चालन गरिरहेको छ ।