२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्णबहादुर खड्काले भने : ‘कर्णालीको तीव्र विकासका लागि गुरुयोजना आवश्यक’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णालीको समग्र गुरुयोजना आवश्यक रहेको बताएका छन् ।

उनले कर्णाली प्रदेशको सम्भावना, साधन-स्रोतको उपलब्धता र लक्ष्यसहितको गुरुयोजना निर्माण गरेर सोही अनुसार तीन तहका सरकार र विकास साझेदारहरूलाई परिचालन गरेमा यहाँको विकासको गतिले तीव्रता पाउने बताए ।

उनले कृषि, फलफूल, जडीबुटी, जलविद्युत्, पर्यटन, पूर्वाधार, सांस्कृतिकलगायतका पक्ष समेटेर गुरुयोजना निर्माण गरिनुपर्ने बताए ।

‘स्रोत, सम्भावना र लक्ष्यसहितको गुरुयोजना बनाउन सक्यौँ भने मात्रै कर्णालीको द्रूत विकास गर्न सम्भव छ,’ मंगलबार प्रदेश योजना आयोगका पदाधिकारीहरूसँगको भेटमा उपसभापति खड्काले भने, ‘गुरुयोजनाको लक्ष्य अनुसार तीन तहका सरकार र विकास साझेदारहरूलाई केन्द्रित गर्न सकिन्छ ।’

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका खड्काले कर्णाली भूगोलमा ठूलो भए पनि छरिएर रहेका बस्तीका कारण नागरिकका घर–घरमा आधारभूत आवश्यकता पूरा गर्न समय लाग्ने भएकाले छरिएर रहेका बस्तीलाई एकीकृत गर्नुपर्ने आवश्यकता औँल्याए ।

‘कर्णालीमा ठूलो र आधुनिक शहरको सम्भावना कहाँ छ रु नदी किनारमा बस्तीको सम्भावना कहाँ छ रु पहाडमा दुई घर–तीन घर छन्, त्यहाँ बाटो, बिजुली, खानेपानी लगायत आधारभूत सुविधा पुर्‍याउन समय लाग्छ,’ उनले भने, ‘छरिएर रहेका बस्तीलाई एकीकृत गर्दै विकास पूर्वाधार र अन्य सुविधाहरू पुर्‍याउने लक्ष्य गुरुयोजनामा समेटिनुपर्छ ।’

उपसभापति खड्काले कर्णाली प्रदेशले लगानी सम्मेलनको आयोजना गर्न लागेको आफूले सुनेको बताउँदै त्यस्तो सम्मेलन अघि लगानीका क्षेत्रहरूको पीडीआर तयार गर्न सुझाव दिए ।

‘पछिल्लो समय लगानी सम्मेलन फेसन जस्तो बनेको छ, प्रदेश सरकारहरूले लगानी सम्मेलन गरिरहेका छन,’ उनले भने, ‘तर, योजनाहरूको विस्तृत सम्भाव्यता अध्ययनविनै भइरहेका लगानी सम्मेलनले लगानी आउँदैन ।’ उनले आयोजनाको नाम टिपाएकै भरमा लगानी नआउने बताए ।

उनले पूर्व–पश्चिम धावनमार्ग नहुँदा, दुईतर्फी उडान र अवतरण गर्ने ठाउँ नहुँदा सामान्य झरीमा पनि प्रदेश राजधानीको विमानस्थलमा विमान नआउने समस्या रहेको बताउँदै आफूले ठूलो विमानस्थल बनाउन खोज्दा अनावश्यक विवाद सृजना भइराखेको बताए ।

नागरिक उड्डयन प्राधिकरणसँग अहिलेको विमानस्थल विस्तारको विषयमा छलफल गर्दा उत्तर–दक्षिणमा जति विस्तार गरेपनि अहिलेको भन्दा ठूलो जहाज बस्न नसक्ने निष्कर्ष आयो,’ उनले भने, ‘वैकल्पिक विमानस्थल बनाउन पहल गर्दा अनावश्यक विवाद सृजना गर्ने काम भइरहेको छ ।’

उपप्रधानमन्त्री खड्काले कर्णाली प्रदेश सरकारलाई कर्णालीमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल आवश्यक छैन भने निर्णय गर्न भनेको बताए ।

‘यो भन्दा ठूलो विमानस्थल कर्णालीलाई चाहिँदैन, यहीँ उत्तर-दक्षिण विस्तार गरे पुग्छ भनेर मन्त्रिपरिषद्ले निर्णय गरेर च्याप्टर क्लोज गर्नुपर्‍यो,’ उनले भने, ‘यदि आवश्यक हो भने प्राथमिकतामा राखेर चाँडोभन्दा चाँडो काम अघि बढाइनुपर्छ ।’

प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले कर्णालीको दीर्घकालीन गुरुयोजना आवश्यक रहेको बताए ।

उनले पञ्चवर्षीय योजना निर्माण गरेर कार्यान्वय गरिरहेको भएपनि समग्र गुरुयोजना निर्माण गर्न नसकिएको बताए ।

उनले ‘समृद्ध कर्णाली र सुखारी कर्णालीबासी’को दीर्घकालीन सोच पूरा गर्नका लागि गुरुयोजना निर्माणमा लाग्ने बताए ।