२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण पेण्डिङमा छ’- एमाले

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण पेण्डिङमा रहेको बताएको छ।

शनिवार पार्टीको पोलिटब्युरो बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीको विधानको धारा ८ र ९ आकर्षित हुने भएकाले यो विषय पेण्डिङमा रहेको बताए।

राष्ट्रपति हुनका लागि आफूले पार्टी सदस्यता त्याग गरेर गएको व्यक्तिको पार्टीको सदस्यता पुनः नवीकरण गर्ने प्रक्रियामा विधानको धारा आकर्षित हुने उनले जानकारी दिए । 

स्वेच्छाले राजीनामा दिएपछि पुनः आउने कुरा र पार्टीले काममा खटाएको व्यक्ति पुनः काममा आउने कुरा भन्ने विषयमा गम्भीरतापूर्वक छलफल भइरहेको बताए।

उनले भने, ‘राष्ट्रपति हुनका लागि आफूले पार्टी सदस्यता त्याग गरेर गएको व्यक्तिको पार्टीको सदस्यता पुनः नवीकरण गर्ने प्रक्रिया विधानको धारामा आकर्षित छ। अर्को कुनै ठोस प्रक्रिया नभए नयाँ प्रक्रियाबाट आउनु पर्नेतर्फबाट पनि ध्यानाकर्षण भएको छ। यसमा विभिन्न कोणबाट छलफल भएको छ। अहिले निष्कर्षमा पुगेका छैनौँ। स्वेच्छाले राजीनामा दिएपछि पुनः आउने कुरा र पार्टीले काममा खटाएको व्यक्ति पुनः काममा आउने कुरा भन्ने विषयमा गम्भीरतापूर्वक छलफल भइरहेको छ। उचित समयमा निर्णय लिन्छ। नवीकरण पेण्डिङ अवस्थामा छ।’

उनले बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीमा सक्रिय हुने विषयमा गम्भीरतापूर्वक छलफल भएको र ठोस निष्कर्षमा नपुगेको बताए।