२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. वेदुराम भुसालले भने-‘बजेट किसानको विपक्षमा’

अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद डा. वेदुराम भुसालले बजेटले किसानको विपक्षमा काम गरेको आरोप लगाएका छन् ।

राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद भुसालले सरकारले वर्तमान सरकार किसानको भन्दा पनि व्यापारीको पक्षमा रहेको आरोप लगाएका हुन् ।

उनले उखु किसानलाई दिइँदै आएको अनुदान बन्द गरेर उखुबाटै उत्पादन भएका गुँड, सक्खर र चिनीको भन्सार शुल्कमा तीस प्रतिशत घटाएर किसानलाई डस्ने र व्यापारीलाई पोस्ने काम गरेको दाबी गरेका छन् ।

‘सरकार किसानको पक्षमा होइन व्यापारीको पक्षमा रहेछ । व्यापारीका निम्ति विदेशबाट आयात गर्ने त्यही उखुबाट उत्पादन भएको सामानका लागि सरकारले भन्सार शुल्क घटाएको छ, किसानलाई अनुदान बन्द गरेको छ,’ भुसालले भने, ‘यसबाट प्रष्ट देखिन्छ सरकार किसानको पक्षमा होइन, व्यापारीको पक्षमा छ । अनि यस्तो निर्णयलाई किसानलाई डस्ने र व्यापारीलाई पोस्ने निर्णय नभनेर के निर्णय भन्ने होला भन्ने मलाई लाग्यो ।’

सांसद भुसालले गत माघ महिनादेखि दूध उत्पादक किसानले भुक्तानी नपाएको भन्दै सरकारले किसानलाई भुक्तानी दिन पनि नसकेको र दिलाउनका लागि कुनै पनि पहल नगरेको स्पष्ट पारे ।

‘८० करोड अहिले पनि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागमा रहेछ । त्यसमा सरकारले ६० करोड थप्दा कृषि किसानले त्यो अनुदानको निरन्तरता पाउने रहेछन् । तर, यो सरकारले त्यति थप्न पनि चाहेन र थपेन । अर्कोतर्फ सरकारले के गरेको रहेछ भने उखुबाट उत्पादन, गुँड, सक्खर र चिनीको भन्सार शुल्कमा तीस प्रतिशतबाट घटाएर ५० प्रतिशत मात्र बनाएको रहेछ,’ उनले भने ।