काठमाडौँ । काठमाडौँ महानगरपालिकाको महानगर प्रहरी बल प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक (एसपी)विष्णु प्रसाद जोशीलाई दिइएको छ ।
राजु पाण्डे बढीमा ६ महिनाको लागि निलम्बनमा परेपछि प्रमुख प्रशासकीय अधिकृतले जोशीलाई सो जिम्मेवारी दिएका हुन् ।
सम्बन्धित समाचार : काठमाडौँका नगर प्रहरी प्रमुख पाण्डे निलम्बित
उनलाई अर्को व्यवस्था नभएसम्म महानगर प्रहरी बल प्रमुखको रूपमा कामकाज गर्न पत्र दिइएको छ ।







