काठमाडौँ । गण्डकी प्रदेश लोक सेवा आयोगले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।
आयोगले आज एक सूचना जारी गर्दै प्रदेश निजामती सेवा र स्थानीय सेवाका सहायक चौथो तहका विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको हो ।
आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी आयोगले (प्राविधिक/अप्राविधिक) पदमा दरखास्त आह्वान गरेको हो।
इच्छुक तथा नेपाली नागरिकले आजदेखि माघ १ गतेसम्म दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर माग ८ गतेसम्म अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
हेर्नुहोस् सूचना :

