२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिअनमी र सिअहेवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अ+ अ-

काठमाडौँ। कपिलवस्तुको यशोधरा गाउँपालिकामा सिअनमी (अधिकृत छैटौँ) कार्यरत सरस्वती ओली क्षेत्रीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोप लागेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार सो गाउँपालिकामा मातृ शिशु कार्यकर्ता मासिका पदबाट नियुक्ति लिई सिअनमी पदमा स्तरवृद्धि भएका क्षेत्रीको प्राविधिक एसएलसी परीक्षा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, पोखराबाट उत्तीर्ण गर्दा, रजिष्टर्ड सिअनमी नेपाल नर्सिङ काउन्सिलको दर्ता प्रमाण-पत्र लिँदा, नेपाल स्वास्थ्य सेवाको सहायक पाँचौँ तहमा स्तर वृद्धि हुँदा र नेपाल स्वास्थ्य सेवाको अधिकृत छैटौँ तहमा स्तर वृद्धि भई सिअनमी निरीक्षक पद पाउन माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेशबाट हाईस्कूल परीक्षा पास गरेको भनी शैक्षिक योग्यताका नक्कली प्रमाण-पत्र पेश गरी लाभ एवम् सुविधा लिई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुर भएको छ ।

यसैगरी, स्याङ्जाको जगन्नदेवी स्वास्थ्य चौकी, गल्याङ नगरपालिकामा सिअहेव अधिकृत छैटौँ पदमा कार्यरत हिमा डुम्रे न्यौपानेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

आयोगका अनुसार न्यौपानेले माध्यामिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट हाइस्कुल तहको झुट्टा शैक्षिक प्रमाण-पत्र पेश गरी श्री करापु उपस्वास्थ्य चौकी, लमजुङमा ग्रामीण स्वास्थ्य कार्यकर्ता दोस्रो तह, राप अनं तृतीय (प्राविधिक) श्रेणीमा स्थायी नियुक्ति लिई सो पदको लाभ लिई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुर भएको छ ।

आयोगका अनुसार उनीहरू दुवै जनाविरुद्ध सजाय हुन मागदाबी लिई बिहीबार विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर भएको छ ।