धादिङ बस दुर्घटनाका घाइतेको उपचारको व्यवस्था गर्न सरकारसँग सांसद पौडेलको माग « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

धादिङ बस दुर्घटनाका घाइतेको उपचारको व्यवस्था गर्न सरकारसँग सांसद पौडेलको माग


६ भाद्र २०८०, बुधबार


काठमाडौँ। नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले धादिङ बस दुर्घटनामा परी घाइते भएकाहरूको उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् ।  बुधबार प्रतिनिधि सभाको बैठकमा सांसद पौडेलले वर्षै पिच्छे हुने यस्ता दुर्घटनामा परेर २५ सयदेखि तीन हजार मानिसको मृत्यु हुने गरेको भन्दै दुर्घट्नाहरु रोक्नका निम्ति राज्यको तर्फबाट प्राथमिकताका साथ उपायका खोज्न समेत आग्रह गरे । 

 उनले भने,वर्षै पिच्छे हुने यस्ता दुर्घटनामा परेर २५ सयदेखि तीन हजार मानिसको मृत्यु हुने गर्छ । गृह मन्त्री हुुनुहुन्छ यस प्रकारका दर्घट्नाहरु रोक्नका निम्ति राज्यको तर्फबाट प्राथमिकताका साथ दुर्घटना रोक्ने उपायको खोजी गर्न आग्रह गर्न चाहन्छु  । विभिन्न अस्पतालमा उपचारत घाइतेको उपचारको व्यवस्था र उद्दारको लागि पहल गर्न आग्रह गर्दछु । ’

सम्बन्धित समाचार : धादिङ बस दुर्घटना: मृतक चारको सनाखत

सम्बन्धित समाचार : त्रिशूलीमा बस खस्दा ८ जनाको मृत्यु, उद्धार कार्य जारी

सम्बन्धित समाचार : त्रिशुली नदीमा बस खस्यो

Tags :
प्रतिक्रिया दिनुहोस