त्रिशूलीमा बस खस्दा ८ जनाको मृत्यु, उद्धार कार्य जारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

त्रिशूलीमा बस खस्दा ८ जनाको मृत्यु, उद्धार कार्य जारी


६ भाद्र २०८०, बुधबार


काठमाडौँ । काठमाडौँबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।

धादिङका जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार दुर्घटनामा ८ जनाको मृत्यु भएको हो।

मृतकमध्ये २ जना महिला र ६ जना पुरुष छन्। घाइते ८ जनाको उद्धार भएको छ। बसमा कति जना सवार थिए भन्ने यकिन नभएको एसपी मिश्रले बताए । १६ जना मात्र भेटिएका छन् । 

घटनाबारे विस्तृत विवरण आउँदै छ। 

सम्बन्धित समाचार : त्रिशुली नदीमा बस खस्यो

Tags :
प्रतिक्रिया दिनुहोस