२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

अ+ अ-

काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौँ राष्ट्रिय खेलकुदका लागि लोगो, मस्कट र नारा सार्वजनिक गरेको छ ।

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र राखेप सदस्य सचिव टङ्कलाल घिसिङले लोगो, मस्कट सार्वजनिक गरेका हुन् ।

गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म आयोजना हुने नवौँ खेलकुदमा कस्तुरी मृगको मस्कट रहने भएको छ ।

लोगोको शीर्ष स्थानमा पोखराको पहिचानका रूपमा माछापुच्छ्रे हिमाल राखिएको छ । त्यसमुनि चार वटा रातो ट्र्याकले प्रदेश नम्बर सङ्केत गर्छ भने त्यसमुनि पक्षीको आकृति दिइएको छ ।

कलाकार भोलानाथ शर्मा पौडेलले बनाएको लोगो र मस्कट राष्ट्रिय खेलकुदका लागि छनोट भएको हो ।

गत वैशाख ४ गते राखेपले नवौँका लागि लोगो, मस्कट, नारा र गीत निर्माण गरी पेस गर्न पुरस्कारको व्यवस्थासहित सार्वजनिक सूचना जारी गरेको थियो ।

सूचनाअनुसार लोगोका लागि १३ र मस्कटका लागि चार आवेदन परेको थियो । लोगोमध्येबाट भोलाको कला छनोट भए पनि मस्कटमा चारै आवेदनले मापदण्ड पूरा नगरेपछि भोलालाई नै बनाउने जिम्मा दिइएको राखेपले जनाएको छ ।

नवौँ राष्ट्रिय खेलकुदको नारा ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ रहेको छ । यो नारा खुला प्रतिस्पर्धाबाट शुयोग्यराज काफ्लेले जुराएका हुन् ।

लोगो र मस्कट बनाउनेले क्रमशः ५० र २५ हजार तथा नारा बनाउनेले १० हजार पुरस्कार पाएका छन् ।

राखेपले नवौँ राष्ट्रिय खेलकुदका लागि गीत पेस गर्न पनि सूचना जारी गरेकोमा एउटा मात्र आवेदन परेको तर त्यस गीत प्रतियोगिताका लागि सुहाउँदो नभएकोले पारित नगरिएको जनाएको छ ।

प्रतियोगिता सुरु हुन २८ दिन बाँकी रहँदा तयारी धमाधम भइरहेको छ । निर्देशिका र बजेट आइनसके पनि प्रतियोगितामा ३६ नियमित र २ प्रदर्शनी खेल समावेश गर्ने निर्णयसहित प्रदेश र विभागीय टोलीहरूले टिम छनोट गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस