काठमाडौँ । नेपाली सेनाले करार सेवामा २ कर्मचारी र ३० जना शिक्षकका लागि दरखास्त आह्वान गरेको छ ।
सैनिक कल्याणकारी निर्देशनालयले सोमवार सूचना जारी गर्दै दैनिक ज्यालादारी रूपमा पारिश्रमिक बुझ्ने गरी ३० जना शिक्षक र दुई जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।सैनिक आवासीय मावि भक्तपुर, विजेश्वरी ज्ञान मन्दिर, सैनिक महाविद्यालय विजेश्वरी, रिपुमर्दिनी सैनिक महाविद्यालय बाँसवारी, स्वेततारा पूर्व प्राथमिक सैनिक विद्यालय छाउनी, सैनिक आवासीय महाविद्यालय बुटवल, सैनिक आवासीय महाविद्यालय पोखरा, सैनिक आवासीय महाविद्यालय महोत्तरी, सैनिक आवासीय महाविद्यालय चितवन लगायतका स्थानमा सेनाले सञ्चालन गरेका विद्यालयका लागि शिक्षक माग भएको हो ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यही वैशाख २८ गतेसम्म दरखास्त दिन सकिने सेनाले जनाएको छ ।
