काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीहरूले आज नाराबाजी गर्दै सर्वोच्च अदालत परिक्रमा गरेका छन् ।
उनीहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नाराबाजी गरेका हुन् ।
उनीहरूले ‘चोलेन्द्र शमशेर राजीनामा दे’, ‘बार एकता जिन्दाबाद’ लगायतका नारा लगाएका छन् ।