२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनगढी हाफ म्याराथनमा नेपाली सेनाका धावक हाबी, नरेन्द्र सिंह रावत विजेता

अ+ अ-

काठमाडौँ । धनगढीमा आयोजित हाफ म्याराथन प्रतियोगितामा नेपाली सेनाका धावकहरूले प्रमुख स्थान ओगट्दै वर्चस्व कायम गरेका छन्। लागूऔषध दुरुपयोग न्यूनीकरणसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले जेसीआई धनगढीले प्रतियोगिता आयोजना गरेको हो।

धनगढी रंगशालाबाट सञ्चालन गरिएको २१.१ किलोमिटर दूरीको हाफ म्याराथनतर्फ नेपाली सेनाका नरेन्द्र सिंह रावत प्रथम स्थान हासिल गर्न सफल भएका छन्। उपाधिसँगै उनले ७७ हजार ७७७ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।

रावत यस प्रतियोगितामा २०७९ सालदेखि निरन्तर सहभागी हुँदै आएका थिए। यसअघि २०७९/२०८० मा दोस्रो तथा २०८१ र २०८२ मा तेस्रो स्थानमा सीमित भएका उनी पाँचौँ प्रयासमा विजेता बन्न सफल भएका हुन्।

प्रतियोगितामा नेपाली सेनाकै सञ्जय श्रेष्ठ दोस्रो र अक्कल पाल तेस्रो भएका छन्। उनीहरूले क्रमशः ५५ हजार ५५५ र ४४ हजार ४४४ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

५ किलोमिटर कर्पोरेट दौडतर्फ कुशल प्रसाद जैसी प्रथम, प्रदीप खत्री दोस्रो तथा तेजबहादुर चन्द तेस्रो भएका छन्। त्यसैगरी ५ किलोमिटर महिलातर्फ देवकी कुमारी धामीले पहिलो स्थान हासिल गर्दा सिला चौधरी दोस्रो र अप्सरा बम तेस्रो स्थानमा रहेकी छन्।

आयोजकका अनुसार हालसम्मकै उच्च नगद पुरस्कार समावेश गरिएको यस संस्करणमा सहभागीहरूको उल्लेख्य उत्साह देखिएको थियो। कार्यक्रम संयोजक दिनेश बोहराले प्रतियोगितामा अपेक्षाभन्दा बढी सहभागिता रहेको जानकारी दिएका छन्।

प्रतियोगितासँगै विभिन्न जानकारीमूलक स्टल सञ्चालन गरिनुका साथै रक्तदान शिविरसमेत आयोजना गरिएको थियो। कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गरेका थिए भने समापन समारोहमा जेसीआई नेपालका राष्ट्रिय अध्यक्ष जीवन कार्की प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

यस अवसरमा प्रतियोगिताका ‘फेस अफ द इभेन्ट’ दीपक उपाध्यायलाई सम्मान गरिएको थियो। सहभागीहरूमध्ये गरिएको लक्की ड्रमार्फत जेनीथ कुँवरले सीजी एलइडी टिभी प्राप्त गरेका छन्।

निसर्ग अस्पतालले सन्तोष पाल, आशा जोशी र डल्लु राना मगरलाई नि:शुल्क सम्पूर्ण स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउने घोषणा गरेको छ।

जेसीआई धनगढीका अध्यक्ष महेश्वर ओझाले यस्ता कार्यक्रमले युवालाई सकारात्मक दिशातर्फ प्रेरित गर्नुका साथै खेलकुदमार्फत सामाजिक सन्देश प्रवाह गर्न प्रभावकारी भूमिका खेल्ने बताएका छन्।

0 Comments