२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वमन्त्री गुप्ताको निवेदनमाथि सर्वोच्चमा आज सुनुवाइ, फुयाँल र पौडेलको संयुक्त इजलासमा पेशी

अ+ अ-

काठमाडौँ । कास्कीको लिचीवारीसँग सम्बन्धित घुस प्रकरणमा मुछिएका पूर्वमन्त्री राजकुमार गुप्ताले दायर गरेको निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। विशेष अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि त्यसविरुद्ध गुप्ताले सर्वोच्चमा पुगेका हुन्।

उक्त निवेदन सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेशीमा राखिएको छ।

यसअघि सर्वोच्चले गुप्ताको निवेदनका सन्दर्भमा सम्बन्धित निकायसँग कैफियत प्रतिवेदन माग गर्ने आदेश जारी गरेको थियो। यस प्रकरणमा विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्टसहित न्यायाधीशहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई अनुसन्धान अवधिभर हिरासतमा राख्नुपर्ने निष्कर्ष निकालेको थियो।

अनुसन्धान अनुसार तत्कालीन मन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुखको सरुवा रोक्ने तथा भूमि आयोगमा सदस्य बनाइदिने आश्वासन दिँदै एक घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको आरोप छ। सोही आधारमा विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता गरिएको हो।

यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ता र पूर्वमन्त्री रञ्जिता श्रेष्ठबीच मिलेमतो भई पदको दुरुपयोग गर्दै सेवा सुविधा उपलब्ध गराउने प्रयोजनका लागि २५ लाख रुपैयाँ घुस लिएको अभियोग लगाएको छ।

अदालतमा बयान दिने क्रममा गुप्ताले आफूविरुद्ध लगाइएका आरोप असत्य भएको दाबी गरेका थिए। तर प्रारम्भिक प्रमाणका आधारमा अदालतले तत्कालै निर्दोष ठहर गर्न नमिल्ने भन्दै थुनामा राख्ने आदेश दिएको हो।