२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लगानी र सहकार्यमा सक्रिय भूमिका निभाउन प्रवासी नेपालीलाई प्रधानमन्त्री कार्कीको आग्रह

अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले प्रवासी नेपालीलाई नेपालका विकास परियोजना र लगानीमा सहभागी हुन आह्वान गरेकी छन्।

प्रधानमन्त्री कार्कीले गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशन तथा विश्व सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै प्रवासी नेपालीलाई नेपालको सद्भावना दूतको रूपमा चिनाउँदै उनीहरूको योगदान र आचरणले विश्वमा नेपालको सकारात्मक छवि फैलाउन सहयोग पुर्‍याइरहेको उल्लेख गरिन्।

उनले भनिन्, “जहाँ भए पनि तपाईँहरूले नेपालको गौरव, संस्कृति र पहिचान विश्वसामु चिनाउँदै आउनुभएको छ।”

साथै उनले नेपालको संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहित नागरिकताको व्यवस्था गरेको स्मरण गराउँदै यसले मातृभूमि र प्रवासीबीचको सम्बन्धलाई अझ सुदृढ बनाएको बताइन्। यसले विदेशमा रहेका नेपालीलाई आफ्नो ज्ञान, सीप, अनुभव र पुँजी नेपालमा लगानी गर्ने अवसर पनि प्रदान गरेको उनले जोड दिइन्।

प्रधानमन्त्री कार्कीले उत्पादनमूलक क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्ने, प्रवासी नेपालीको लगानी सुरक्षित र पारदर्शी ढंगले परिचालन गर्ने तथा दीर्घकालीन लगानी संरचना निर्माण गर्ने नीति सरकारले प्राथमिकतामा राख्ने बताइन्। उनले प्रवासी नेपालीको लगानीले आर्थिक मात्र नभई सामाजिक पुँजी निर्माणमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गरिन्।

त्यसैगरी उनले एनआरएनएभित्रको विगतको विभाजन अन्त्य भई सबै एकै मञ्चमा उभिनु सकारात्मक भएको र सर्वसम्मत नेतृत्व चयनसँगै एकताको सन्देश विश्वभरका नेपालीहरूको भावनात्मक एकताको आधार बन्नुपर्ने बताइन्।