२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा निर्वाचन केन्द्रित ‘नागरिक करार पत्र’ सार्वजनिक

अ+ अ-

काठमाडौँ । आगामी निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना नीतिगत प्राथमिकता, वर्तमान अवस्थाको विश्लेषण तथा दीर्घकालीन लक्ष्य समेटिएको ‘नागरिक करार पत्र’ सार्वजनिक गरेको छ । पार्टीले राजनीतिक प्रतिबद्धता तथा शासन सुधारका आधारभूत दिशा प्रस्तुत गर्ने उद्देश्यले उक्त दस्तावेज सार्वजनिक गरिएको जनाएको छ ।

करार पत्रमा बहुलवादी संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, सामाजिक न्यायसमेत समेटिएको उदार अर्थनीतिको कार्यान्वयन, प्रदेश संरचनामा सुधार, समावेशी प्रतिनिधित्वको सन्तुलित अभ्यास तथा धार्मिक-सांस्कृतिक विविधताको संरक्षणलाई प्राथमिकतामा राखिएको उल्लेख छ । 

साथै परराष्ट्र सम्बन्धमा सन्तुलन कायम राख्दै प्रवासी नेपाली समुदायको क्षमता उपयोग र सौम्य शक्तिको विस्तारमार्फत राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डता संरक्षण गर्ने लक्ष्य प्रस्तुत गरिएको छ ।

राजनीतिक प्रणाली सुधारतर्फ दलगत प्रभाव न्यूनीकरण गर्ने, तथा वि.सं. २०४६ पछिको सम्पत्ति आर्जनसम्बन्धी विषय छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने प्रस्ताव समेत दस्ताबेजमा समावेश गरिएको पार्टीले जनाएको छ ।