२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जाँचबुझ आयोगको प्रतिवेदन निर्वाचन अगावै सार्वजनिक गर्न तीन अन्तर्राष्ट्रिय संस्थाहरूको आग्रह

अ+ अ-

काठमाडौँ । जेन जेड आन्दोलनसम्बन्धी छानबिनका लागि गठित जाँचबुझ आयोगको प्रतिवेदन प्रतिनिधि सभा निर्वाचनअघि नै सार्वजनिक गर्न तीन अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाले संयुक्त रूपमा माग गरेका छन्।

ह्युमन राइट्स वाच, एमनेस्टी इन्टरनेसनल र इन्टरनेसनल कमिसन फर ज्युरिस्ट्सले शुक्रबार जारी गरेको संयुक्त विज्ञप्तिमा फागुन २१ गते तय निर्वाचनअघि आयोगको निष्कर्ष सार्वजनिक गर्न सरकारलाई आग्रह गरिएको छ।

उक्त संस्थाहरूले जेन जेड आन्दोलनसँगै २०४६ सालदेखि भएका गम्भीर मानवअधिकार उल्लंघन र दुरुपयोगका घटनाबारे छानबिन गर्न विभिन्न आयोग गठन भए पनि ती आयोगका प्रतिवेदनहरू सार्वजनिक नगरिएको उल्लेख गरेका छन्। २०४६ सालको घटनासम्बन्धी मल्लिक आयोग, २०६२/०६३ का घटनाबारे रायमाझी आयोग तथा २०७२ सालको घटनाको छानबिनका लागि गठित लाल आयोगका प्रतिवेदनहरू हालसम्म सार्वजनिक नगरिनुले दण्डहीनताको प्रवृत्ति बलियो बनाएको उनीहरूको धारणा छ।

संयुक्त विज्ञप्तिमा जेन जेड आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएमा सुरक्षा निकाय वा राजनीतिक पक्षबाट विरोध हुन सक्ने तथा त्यसले निर्वाचन वातावरणमा असर पार्ने आशंकाका कारण आयोगको कार्यावधि लम्ब्याइएको आरोपसमेत लगाइएको छ।

ह्युमन राइट्स वाचकी एसिया उपनिर्देशक मीनाक्षी गांगुलीले प्रतिवेदन सार्वजनिक हुनु दण्डहीनताविरुद्ध महत्वपूर्ण कदम हुने बताएकी छन्। त्यस्तै, एम्नेस्टी इन्टरनेसनलकी इसाबेल लासेले पारदर्शिताबिना राजनीतिक संस्कृतिसँग जोडिएको दण्डहीनता अन्त्य गर्न नसकिने उल्लेख गरेकी छन्। इन्टरनेसनल कमिसन अफ जुरिस्ट्सकी मन्दिरा शर्माले अन्तरिम सरकारले आफ्नो कार्यकाल सकिनुअघि सबै आधिकारिक प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र निर्वाचनपछिको नेतृत्वले संक्रमणकालीन न्याय प्रक्रियालाई निष्पक्ष रूपमा अघि बढाउने प्रतिबद्धता जनाउनुपर्ने धारणा व्यक्त गरेकी छन्।

भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरिएको थियो।