२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधान सेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट

अ+ अ-

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलसँग नेपाली सेनाको वार्षिकोत्सवका अवसरमा राष्ट्रिय सेवा दलद्वारा आयोजना हुने युवा आदानप्रदान कार्यक्रममा सहभागी हुन आएको प्रतिनिधिमण्डलले भेट गरेको छ ।

सो समारोहमा सहभागी हुन आएका भारतको राष्ट्रिय क्याडेड कोरका महानिर्देशक वीरेन्द्र भाट, पाकिस्तानको मानव स्रोतका महानिर्देशक महम्मद शाहिद अब्रो, भुटानको विद्यालय शिक्षा विभागका निर्देशक टासी नाम्गेल तथा माल्दिभ्सका यासिर मोहम्मदको नेतृत्वमा नेपाल भ्रमणमा आएका प्रतिनिधिमण्डलले आज जंगी अड्डामा शिष्टाचार भेट गरेको हो ।

भ्रमणको दौरान सो टोलीले राष्ट्रपति, प्रधानमन्त्री तथा रक्षा मन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त टोलीले आगामी फागुन ३ गते सैनिक मञ्च, टुँडिखेलमा आयोजना हुने सेना दिवसको विशेष कार्यक्रमको अवलोकन गर्नेछ । त्यसैगरी भ्रमण टोलीले विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलकोसमेत भ्रमण गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ ।

यसप्रकारको कार्यक्रमबाट विभिन्न राष्ट्रका छात्रछात्राबीच एक अर्को राष्ट्रका कला, भाषा र संस्कृतिलगायत अनुभव र ज्ञान साटासाट गर्ने अवसर प्राप्त हुने सेनाको विश्वास छ ।