२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव नहुने स्वास्थ्य मन्त्री गौतमको प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि आवश्यक बजेटको व्यवस्थापन गरिने बताएका छन् । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवलोकन गर्न आज जुम्ला पुगेकी स्वास्थ्य मन्त्री गौतमले प्रतिष्ठानको पूर्वाधार विकास र सेवा सुधारका लागि बजेट अभाव हुन नदिने बताएका हुन् ।

उनका अनुसार कठिन भूगोल र सीमित स्रोतसाधनका बीच स्वास्थ्य सेवा, अध्ययन तथा अनुसन्धानका क्षेत्रमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य क्षेत्रमा गरेको काम महत्त्वपूर्ण रहेको छ । बजेट अभावले प्रतिष्ठानको भौतिक पूर्वाधार विकास र सेवा सुधार रोकिन नहुने उनको भनाइ छ । 

कर्णालीको सम्भावना बुझ्नका लागि जुम्ला आएको मन्त्री गौतमको भनाइ छ । बजेट अभावकै कारण प्रतिष्ठानको चेरे चौरमा निर्माण भइरहेको बहुउद्देश्यीय परियोजनाका भवनले पूर्णता: नपाएको समस्या रहेकाले एकै चोटि अर्बका हिसाबले बजेट दिन सम्भव नभएको हुँदा वार्षिक बजेटमा प्राथमिकता दिइने स्वास्थ्य मन्त्री गौतमले बताइन् ।

स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन मन्त्रालय लागि परेको छ । प्रतिष्ठानको गुणस्तरीय स्वास्थ्य सेवालाई थप विस्तार गर्न मन्त्रालयले आवश्यक सहयोग गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव विकास देवकोटाले जानकारी दिइन् ।

बजेट अभावले प्रतिष्ठानका भौतिक संरचना निर्माण हुन सकेका छैन । स्वास्थ्य सेवालाई विस्तार गरी माथिल्लो कर्णालीका गाउँ बस्तीमा पुगेर विशेषज्ञ स्वास्थ्य शिविरसमेत प्रतिष्ठानले सञ्चालन गर्दे आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर पुजन रोकायाले बताएका छन् ।