२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तेल मिल, बेकरी तथा दुग्घ भण्डारमा खाद्यको निरीक्षण, गुणस्तर कायम राख्न कडा निर्देशन

अ+ अ-

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रमा सञ्चालित तेल मिल, बेकरी तथा दुग्घ भण्डारमा निर्देशनात्मक निरीक्षण गरी खाद्य स्वच्छता, भण्डारण र गुण नियन्त्रणका मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएको छ।

विभागले कागेश्वरी मनोहरा नगरपालिकासँगको सहकार्यमा कागेश्वरी मनोहरा नगरपालिका–५ क्षेत्रमा सञ्चालनमा रहेका खाद्य उत्पादन, प्रशोधन तथा बिक्री वितरण हुने स्थानमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०७७ बमोजिम निरीक्षण, अनुगमन तथा कारबाही गरिएको हो। 

निरीक्षणका क्रममा प्रान्जु तेल मिल, कागेश्वरी मनोहरा न.पा.–५ मा खाद्यान्न तथा दलहनजन्य खाद्य पदार्थ अव्यवस्थित तरिकाले भण्डारण गरिएको, कीट नियन्त्रण (पेस्ट कन्ट्रोल) को व्यवस्था नगरेको तथा कच्चा तोरीको तेल र भेटिएको तोरीको तेल प्याक गरी बिक्री वितरण गरिएको पाइएको छ। उक्त तेल मिललाई खाद्य स्वच्छता तथा गुण नियन्त्रण कायम गर्न निर्देशन दिइएको विभागले जनाएको छ।

त्यस्तै, भोजपुरे बेकरी एन्ड क्याफे, कागेश्वरी मनोहरा न.पा.–५ मा बेकरी बनाउने कक्ष अव्यवस्थित रहेको, बेकरी बनाउने कक्षमा अनावश्यक सामग्री भण्डारण गरिएको, लेबल विवरण नलगाई सोकेमा बेकरीजन्य खाद्य पदार्थ भण्डारण तथा बिक्री वितरण गरिएको र कीट नियन्त्रणको व्यवस्था नगरेको पाइएको छ।

यस्तै, पवित्र दूग्ध भण्डार, कागेश्वरी मनोहरा न.पा.–५ मा फ्रिजको सरसफाइ तथा पसलको परिसरको सरसफाइ सामान्य रहेको, कीट नियन्त्रणको व्यवस्था नगरेको, खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०७७ बमोजिम पूर्ण रूपमा लेबल विवरण नलगाई बेकरीजन्य खाद्य पदार्थ बिक्री वितरण गरिएको तथा खुला दूध बिक्री वितरण गरिएको पाइएको विभागले जनाएको छ।

निरीक्षणपछि विभागले सम्बन्धित तेल मिल, बेकरी तथा दुग्घ भण्डारलाई नियमित सरसफाइ गर्न, खाद्य पदार्थ व्यवस्थित तरिकाले भण्डारण गर्न, कीट नियन्त्रणको व्यवस्था मिलाउन, उत्पादन मिति र उपभोग्य मिति सहितको लेबल अनिवार्य रूपमा प्रयोग गर्न तथा ऐनमा तोकिएका खाद्य स्वच्छता र गुण नियन्त्रणका मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै यस्ता निरीक्षण तथा अनुगमन कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।