२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थमन्त्रीद्वारा कास्की, पर्वत र म्याग्दीको निर्वाचन तयारीबारे अनुगमन

अ+ अ-

काठमाडौँ । आगामी फाल्गुण २१ गते निर्धारित प्रतिनिधि सभाको निर्वाचन तयारी अनुगमन कार्यक्रमका क्रममा अर्थमन्त्री रामेश्वरप्रसाद खनालले कास्की, पर्वत र म्याग्दी जिल्लाको स्थलगत अनुगमन भ्रमण गरेका छन् । सो क्रममा उनले जिल्लाको निर्वाचन तयारीका सम्बन्धमा प्रमुख जिल्ला अधिकारीसहित जिल्ला स्थित चारवटै सुरक्षा प्रमुखबाट निर्वाचन तयारी, सुरक्षा प्रबन्ध, आचारसंहिता पालनाको अवस्था लगायतका विषयमा जानकारी लिएका छन् । 

बुधबार भएको अनुगमनका क्रममा कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले निर्वाचन आचारसंहिता परिपालनाको स्तर सन्तोषजनक रहेको र कास्की जिल्लाका ५६ वटा मतदान केन्द्रलाई अति संवेदनशील मतदान केन्द्रका रूपमा राखिएको जानकारी गराइन् । 

अर्थमन्त्री खनालले अनुगमनकै क्रममा जिल्ला निर्वाचन कार्यालयमा समेत स्थलगत भ्रमण गरी निर्वाचन तयारीको जानकारी लिएका छन् । सो क्रममा मुख्य निर्वाचन अधिकृत एवम् १ नं निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत हिमलाल वेल्वासे, २ नं निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत निर्मला खड्का र १ नं निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत सीता रेग्मी र प्रदेश निर्वाचन अधिकारी नारायण ढकालले हालसम्मको निर्वाचन तयारी र अवस्थाका बारेमा अर्थमन्त्रीलाई विस्तृत रूपमा जानकारी गराएका थिए । 

निर्वाचन तयारी र आचारसंहिता पालनाको स्थलगत अनुगमन पश्चात् अर्थमन्त्रीले निर्वाचनको तयारी सन्तोषजनक रूपमा अगाडि बढेको र स्थानीय स्तरमा राजनैतिक दलहरूले आन्तरिक विवाद मिलाउन सिर्जना गरेको ह्वास्एप ग्रुपको प्रशंसा गरे । 

यसैगरी पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले निर्वाचन आचारसंहिता परिपालनाको स्तर सन्तोषजनक रहेको र जिल्लाका ३५ वटा मतदान केन्द्रलाई अति संवेदनशील मतदान केन्द्रका रूपमा राखिएको जानकारी गराए । 

म्याग्दी जिल्लाको स्थलगत अनुगमन गर्ने क्रममा उक्त जिल्लाका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले निर्वाचन आचारसंहिता परिपालनाको स्तर सन्तोषजनक रहेको र जिल्लाका १५ वटा मतदान केन्द्रलाई अति संवेदनशील मतदान केन्द्रका रूपमा राखिएको जानकारी गराएका थिए । 

तीनवटै जिल्लाको निर्वाचन तयारी र आचारसंहिता पालनाको स्थलगत अनुगमन पश्चात् अर्थमन्त्रीले निर्वाचनको तयारीका कामहरू सन्तोषजनक रूपमा अगाडि बढेको, स्थानीय स्तरमा राजनीतिक दल बिच स्वच्छ र सिर्जनात्मक प्रतिस्पर्धाको वातावरण निर्माण भइरहेको आफूले अनुभूत गरेको जानकारी गराए । निर्वाचनमा स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण निर्माणका लागि सरकार प्रतिबद्ध रहेको र अन्य सरोकारवाला सबै पक्षको सहयोग आवश्यक रहेको समेत उनले बताए ।