काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वअतिरिक्त सचिव डा. संगिता मिश्रविरुद्ध दायर भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले पाँच लाख रुपैयाँ धरौटी बुझाएर तारिखमा बस्न आदेश दिएको छ।
बुधबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो।
अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार अदालतले मुद्दाको प्रारम्भिक सुनुवाइपछि धरौटी माग गर्ने निर्णय गरेको हो।
आयोगका अनुसार मेसिन खरिदका क्रममा झुट्टा बिल-बिजक तयार पारिएको, गलत प्रतिवेदन पेश गरिएको तथा आपसी मिलेमतोका आधारमा प्रक्रिया अघि बढाइँदा राज्यलाई करिब १४ करोड रुपैयाँभन्दा बढी आर्थिक क्षति पुगेको ठहर गरिएको छ।










