काठमाडौँ। नेपाली काँग्रेसले भक्तपुर-२ मा कबिर राणालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
संसदीय बोर्डले राणालाई उम्मेदवार बनाउने मंगलबार बिहान निर्णय गरेको हो ।
यस क्षेत्रमा अघिल्लो पटक काँग्रेसका उम्मेदवार दुर्लभ थापाले जितेका थिए । जिल्ला सभापति रहेका थापाले जितेको क्षेत्रमा यसपटक राणालाई उम्मेदवार बनाइएको छ ।
यस क्षेत्रमा एमालेका महेश बस्नेत, रास्वपाका राजीव खत्री उम्मेदवार बनेका छन् ।







