२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रामहरि खतिवडाले भने : ‘कारवाहीको प्रस्ताव आएपछि चन्द्र भण्डारी र म बैठकबाट बाहिरियौँ’

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसको केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टी विभाजनमा दुवै पक्ष जिम्मेवार रहेको बताएका छन् ।

हिजो विशेष महाधिवेशनले केन्द्रीय समिति विघटनको निर्णय गरेसँगै पार्टी फुटतिर गएको र आजको केन्द्रीय समिति बैठक कारवाहीको निर्णय गरेर विभाजनलाई औपचारिकता दिएको उनको भनाइ छ ।

खतिवडाले काँग्रेसका अधिकतर नेताहरू विभाजनको पक्षमा नरहेको प्रष्ट पारे । यद्यपि, विभाजन रोक्न नसक्नु विडम्बनाको विषय भएको उनले बताए ।

‘यो स्थिति आउनु हुँदैनथ्यो,’ उनले भने, ‘जे भयो, त्यसमा दुवै पक्ष जिम्मेवार छन् ।’

आज पार्टीको केन्द्रीय समिति बैठकमा कारवाहीको निर्णय हुँदा आफूहरू बैठक छोडेर हिँडेको खतिवडाले बताए । 

कारवाहीको प्रस्ताव आउनासाथ आफूसहित चन्द्र भण्डारी पनि बैठकबाट निस्किएको उनले जानकारी दिए । खतिवडाका अनुसार काँग्रेसमा उपस्थितिमा हस्ताक्षर हुने भए पनि निर्णयमा हस्ताक्षर गर्ने प्रचलन नै छैन ।

‘सुरुमा रमेश लेखकले अहिलेसम्मको विकास क्रमबारे ब्रिफिङ गर्नुभयो, सभापतिज्यू हदैसम्म लचक हुँदा पनि कुरा मिल्न नसकेको बताउनुभयो,’ उनले भने, ‘जब कारवाहीको प्रस्ताव आयो, हामी बैठकबाट हिँड्यौँ ।’