२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजनीतिक सन्देश प्रवाह भएको गुनासो आएपछि सेवा प्रदायकलाई टेलिकमको चेतावनी

अ+ अ-

काठमाडौँ । नेपाल टेलिकमको बल्क एसएमएस सेवा प्रयोग गरिरहेका केही सेवा प्रदायकहरूले अनुमति नलिई राजनीतिक प्रकृतिका सन्देश पठाएको विषयमा सेवाग्राहीबाट गुनासो आएपछि नेपाल टेलिकमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

टेलिकमको बल्क एसएमएस सेवा प्रणालीमा आबद्ध भई एसएमएस आधारित सेवा प्रवाह गरिरहेका केही सेवा प्रदायकहरूले स्वीकृत व्यापारिक उद्देश्यभन्दा फरक राजनीतिक प्रकृतिका सन्देश नेपाल टेलिकमका विभिन्न मोबाइल नम्बरहरूमा पठाएको पाइएको टेलिकमले जनाएको छ।

नेपाल टेलिकमले विभिन्न व्यापार व्यवसायको प्रवर्द्धनका लागि बल्क एसएमएस सेवा प्रवाह गर्न सेवा प्रदायकहरूलाई अनुमति दिने गरे पनि सेवाग्राहीको व्यक्तिगत मोबाइल नम्बर वा अन्य विवरण कुनै पनि अवस्थामा उपलब्ध नगराइने स्पष्ट पारेको छ।

टेलिकमले सम्बन्धित सेवा प्रदायकलाई जातीय, वर्गीय, धार्मिक, साम्प्रदायिक वा राजनीतिक सद्भावमा खलल पुर्‍याउने किसिमका सन्देश प्रवाह नगर्न कडा रूपमा सचेत गराएको छ। साथै, आगामी दिनमा यस्ता प्रकृतिका सन्देश सर्वसाधारणका मोबाइल नम्बरमा नपठाउन सबै सेवा प्रदायकलाई औपचारिक अनुरोध गरिएको जनाएको छ।

नेपाल टेलिकमले सेवाग्राहीको गोपनीयतालाई उच्च प्राथमिकतामा राख्दै आएको र भविष्यमा पनि गोपनीयताको पूर्ण सम्मान गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।