२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘वर्तमान सरकारमा रहेका मन्त्रीहरूलाई कुनै दलप्रति ढल्कने छुट छैन’ : गृहमन्त्री अर्याल

अ+ अ-

काठमाडौँ । गृहमन्त्री ओम प्रकाश अर्यालले वर्तमान सरकारमा रहेका मन्त्रीहरूलाई कुनै पनि दलप्रति ढल्कने छुट नरहेको बताएका छन्। शुक्रबार ललितपुरमा आयोजना भइरहेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन सत्रमा मन्तव्य राख्दै उनले सरकारको भूमिका पूर्ण रूपमा निष्पक्ष हुनुपर्नेमा जोड दिएका छन्।

गृह मन्त्रालय तथा बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजित गोष्ठीमा बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बहादुर बानिया, प्रदेशका आन्तरिक मामिला मन्त्रीलगायत सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको छ।

गृहमन्त्री अर्यालले वर्तमान सरकारसँग दुईवटा प्रमुख म्यान्डेट रहेको बताएका छन्। पहिलो, तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने र दोस्रो, जेन जेड जनआन्दोलनबाट प्राप्त सुशासन कायम गर्ने म्यान्डेट रहेको उनको भनाइ छ। पहिलो म्यान्डेटअनुसार सरकार निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको उल्लेख गर्दै उनले तोकिएकै मितिमा निर्वाचन हुनेमा शंका नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन्।

त्यस्तै, दोस्रो म्यान्डेट सुशासन कायम गर्न केन्द्रित रहेको बताउँदै गृहमन्त्री अर्यालले सरकार त्यसतर्फ प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्। तोकिएको मितिमा निर्वाचन सम्पन्न नभए देशले संकटको सामना गर्न सक्ने अवस्था आउन सक्ने उल्लेख गर्दै उनले सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने दाबी गरेका छन्। साथै, सरकारले गरिरहेका कामप्रति हौसला प्रदान गरी सरकारको मनोबल बढाइदिन पनि उनले सबै सरोकारवालालाई आग्रह गरेका छन्।

कार्यक्रमका विशिष्ट अतिथि मुख्यमन्त्री ईन्द्र बहादुर बानियाले सरकारमा रहेका मन्त्रीहरूको गतिविधिले निर्वाचनको वातावरण बिग्रन सक्नेप्रति सचेत गराएका छन्। स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायलाई आवश्यक साधन–स्रोतले सुसज्जित बनाउनुपर्नेमा उनले जोड दिएका छन्।

मुख्यमन्त्री बानियाले यसपटकको निर्वाचनमा विगतजस्तो भय र त्रासको वातावरण नभए पनि अविश्वासको अवस्था भने कायम रहेको बताएका छन्। कृतिम बौद्धिकता, इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोगबाट फैलिन सक्ने भ्रामक समाचारले आसन्न निर्वाचनमा पार्न सक्ने प्रभावप्रति गृह मन्त्रालय र सुरक्षा निकायलाई सतर्क रहन उनले आग्रह गरेका छन्।