२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टीको हरेक संरचनामा ४० वर्षमुनिका युवालाई ४० प्रतिशत प्रतिनिधित्व गराउन माग

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसभित्र सबै तहका पार्टी संरचनामा कम्तीमा ४० वर्षमुनिका युवाहरूले ४० प्रतिशत सहभागिता सुनिश्चित गर्न दबाब सुरु गरेका छन् । 

पार्टी राजनीतिमा आबद्ध झापाका ४० मुनिका युवाहरूले मंगलबार भेला गर्दै दबाब दिएका हुन् ।

मिलन चापागाईँको संयोजनमा झापाको भेलाले अवधारणा पत्र नै पारित गरेको छ । पार्टी संरचना र राज्य सञ्चालनमा युवाको निर्णायक भूमिका अपरिहार्य रहेको निष्कर्ष निकालेको संयोजक चापागाईँले जानकारी दिए ।

अवधारणा पत्रमा पार्टीका वडा तहदेखि केन्द्रसम्म ४० प्रतिशत ४० मुनिका युवा प्रतिनिधित्वको व्यवस्था गर्नुपर्ने मात्र होइन तीनै तहका सरकारका लागि उम्मेदवार छनोट गर्दा अनिवार्य रूपमा ‘प्राइमरी इलेक्सन’ प्रणाली लागू गर्नुपर्ने उल्लेख गरिएको छ ।

त्यस्तै, लोकतन्त्रको संरक्षण तथा सुदृढीकरणका लागि सक्रिय भूमिका खेल्ने, भ्रष्टाचारविरुद्ध संगठित खबरदारी गर्ने, पारदर्शिता र जबाफदेहिता बढाउने तथा समसामयिक राजनीतिक विषयमा युवाहरूको साझा धारणा निर्माण गर्ने एजेन्डा समेत अवधारणा पत्रमा समेटिएको छ ।

भेलामा समसामयिक राजनीतिक अवस्था, पार्टीभित्र देखिएका चुनौती, पुस्तान्तरणको आवश्यकता र युवाको भूमिकाबारे समेत छलफल गरिएको थियो ।

भेलामा सहभागी युवाहरूले पार्टीलाई अझ जीवन्त, समावेशी र प्रतिस्पर्धी बनाउन युवाको सहभागिता बढाउनुको विकल्प नरहेको विषयमा साझा धारणासमेत निर्माण गरेको चापागाईँले बताए।