२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन् २०२५ मा अध्यागमन कडाइ: ३६ देशका ११६ विदेशीको नेपाल प्रवेश अस्वीकार, २७९० नेपाली विदेशबाट डिपोर्ट

अ+ अ-

काठमाडौँ । सन् २०२५ मा अध्यागमन विभागले अध्यागमन नियम कडाइका साथ कार्यान्वयन गर्दै ३६ मुलुकका ११६ विदेशी नागरिकको नेपाल प्रवेश अस्वीकार (इन्ट्री रिफ्युज) गरेको छ। प्रवेश नदिई सम्बन्धित मुलुकमै फिर्ता गरिएकामध्ये सबैभन्दा बढी भारत र चीनका नागरिक रहेका छन्।

विभागका अनुसार भिसाको म्याद सकिनु, विगतमा शंकास्पद गतिविधिमा संलग्नता, आपराधिक अभिलेख, राष्ट्रिय सुरक्षामा जोखिम तथा पटक–पटक अध्यागमन नियम उल्लंघनजस्ता कारणले विदेशी नागरिकलाई नेपाल प्रवेश नदिइएको हो।

यस्तै, सन् २०२५ मै विश्वका ७७ मुलुकबाट २७९० नेपाली नागरिक डिपोर्ट भई नेपाल फर्किएका छन्। डिपोर्ट हुनेमा सबैभन्दा बढी मलेशियाबाट ४९८, संयुक्त राज्य अमेरिकाबाट ४६२, संयुक्त अरब इमिरेट्सबाट ३२३, दक्षिण कोरियाबाट २५७ र जापानबाट १२८ जना रहेका छन्।

सम्बन्धित मुलुकमा ओभरस्टे बस्नु, अपराधमा संलग्न भई कैद भुक्तान गर्नु, भिसा नलिई गैरकानुनी रूपमा बसोबास गर्नु तथा अध्यागमन कानुन विपरीतका गतिविधि गर्नुका कारण उनीहरूलाई डिपोर्ट गरिएको विभागले जनाएको छ।

त्यसैगरी, सन् २०२५ मा नेपालबाट ५०१ विदेशी नागरिक डिपोर्ट भएका छन्। तीमध्ये ४३७ जना नेपालमा १५० दिनभन्दा बढी पर्यटक भिसामा बसेका ९ओभरस्टे० थिए भने बाँकी ६४ जना विभिन्न अपराधमा संलग्न रहेका थिए। भिसाको उद्देश्यविपरीत बसोबास, लागूऔषध कारोबार, मानव बेचबिखन, संगठित अपराध, विदेशी मुद्रा अपचलन तथा अभद्र व्यवहारजस्ता कसूरमा सजायँ भुक्तान पश्चात उनीहरूलाई डिपोर्ट गरिएको हो।

अध्यागमन विभागका निर्देशक तथा प्रवक्ता टीकाराम ढकालका अनुसार अध्यागमन सुरक्षालाई थप प्रभावकारी बनाउँदै नियम उल्लंघन गर्ने विदेशी तथा नेपाली दुवैप्रति कडा कारबाहीलाई निरन्तरता दिइनेछ।