२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रामबहादुर थापा बादलले भने : ‘चुनावमा काँग्रेस-एमालेले बराबरी सिट बाँडेर सहकार्य गर्न सक्छन्’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले निर्वाचनका लागि काँग्रेस र एमालेले बराबरी सिट संख्या बाँडेर सहकार्यका साथ अघि बढ्न सक्ने बताएका छन् ।

मंगलबार काठमाडौँमा मदन-आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष थापाले एमाले–कांग्रेसले तत्काल सहकार्य गरेर अघि बढ्नुपर्ने धारणा राखे ।

उनले मुलुक संकटमा फसेको उल्लेख गर्दै त्यसलाई निकास दिन काँग्रेस-एमालेले मोर्चाबन्दी कसेर अघि बढ्न ढिलाइ गर्न नहुने तर्क गरे ।

‘काँग्रेस र एमालेको, दुवै शक्तिहरूको संयुक्त आन्दोलनबाट हामी लोकतन्त्रको पुनस्थापना गर्न सक्छौँ । त्यसकारण यो रणनीति, यो बाटोबाट हामी अगाडि बढ्यौँ भने हामीले लोकतन्त्रलाई फेरि पुन:स्थापना गर्न सकिन्छ’ उनले भने, ‘हाम्रो सहकार्य, हाम्रो मोर्चाले नै देशको राष्ट्रिय स्वाधीनता र अस्तित्वलाई हामी टिकाउन सक्छौँ ।’

उनले थपे, ‘अविलम्ब दुवै दलले अबको लोकतन्त्रलाई पुनर्स्थापित गर्ने रणनीति र यसका कार्यनीतिहरू सुविचारित ढंगले निश्चित गर्न जरुरी छ ।’

उपाध्यक्ष थापाले संसद पुन:स्थापना गरेर वा निर्वाचनमा गएर काँग्रेस एमालेले प्रतिगमनकारीहरूलाई परास्त गर्दै मुलुकलाई सही बाटोमा अघि बढाउनुपर्ने तर्क गरे ।

‘नयाँ संसद पुन:स्थापना गरेर होस् वा विघटित संसद लाई पुन:स्थापना गरेर होस् । यो दुई वटा बाटाबाट हामी अगाडि बढ्न सक्छौँ ‘ उनले भने, ‘नयाँ संसदमा वामपन्थी लोकतन्त्रवादी शक्तिहरूको वर्चस्वलाई स्थापित गरेर हामी फेरि लोकतन्त्रलाई स्थापित गर्न सक्छौँ ।’

अदालतको बाटो वा सडकको बाटोबाट विघटित संसद पुनस्थापना गर्ने फागुन २१ समस्मको समय रहेको उपाध्यक्ष थापाले बताए । ‘आगामी निर्वाचनमा जो फागुन २१ मा हुन गइरहेको छ, त्यो नहुन पनि सक्छ । यदि उनीहरूले आफू अनुकूल नभए त्यो नगर्न पनि सक्छन्,’ उनले भने ।

थापाले थपे, ‘तर, त्यो उनीहरूले गर्दछन् भन्ने मानेर हामी दुई वटा शक्तिहरूले यो लडाइँमा लोकतन्त्रवादीहरूलाई जिताउन र प्रतिगमनकारीहरूलाई परास्त गर्न मोर्चाबन्दी गर्न जरुरी छ ।’

उपाध्यक्ष थापाले भदौ २३ र २४ गते मुलुकमा प्रतिक्रान्ति भएको र देश गम्भीर संकटमा फसेको जिकिर गर्दै त्यसको निदान काँग्रेस र एमालेले मिलेर मात्रै दिन सक्ने समेत तर्क गरे ।