२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खगराज अधिकारीको दाबी : ‘केपी ओली नै अबको अध्यक्ष हो’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले केपी ओली नै आगामी पार्टी अध्यक्ष हुने दाबी गरेका छन् ।

प्रेस चौतारी नेपाल कैलाली जिल्ला समितिले कैलालीको धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले विधान महाधिवेशनको भावलाई समेट्दै ओली नै अध्यक्ष बन्ने दाबी गरेका हुन् ।

सर्वसम्मतको अन्तिम प्रयत्न जारी रहने नभए स्वच्छ प्रतिस्पर्धाबाट भए पनि नेतृत्व चयन हुने उनको दाबी थियो । । ‘आगामी महाधिवेशनबाट वर्तमान नेतृत्वलाई सर्वसम्मत अध्यक्ष बनाउने हो, सर्वसम्मतको अन्तिम प्रयास रहन्छ भएन भने स्वच्छ प्रतिस्पर्धामा हुन्छ’ उनले भने ।

उने नेताहरूको सम्पत्ति छानबिन हुने विषयलाई पनि स्वीकार गरेका थिए ।

‘सम्पत्ति छानबिन हुनुपर्छ । हामीबाटै छानबिन सुरु गर्दा हुन्छ ’ उनले भनेका थिए, ‘अहिले गरे पनि हुन्छ उच्चस्तरीय सम्पत्ति छानबिन समिति गठन गर्दा पनि हुन्छ । ’

जेन जेडको नाममा भएको तोडफोड हिंसाको निष्पक्ष छानबिन हुनुपर्ने उनको माग थियो । मुलुक अहिले असंवैधानिक ढंगले अघि बढिरहेको उनले आरोप लगाए । अहिलेको अवस्थामा निर्वाचन सम्भव नभएको भन्दै उनले वर्तमान सरकारले निर्वाचन गराउन नसक्ने जोड दिएका थिए ।

‘यो सरकारले चुनाव गराउँदैन । चुनाव गराउन आएको पनि होइन । युवाहरूको मागलाई हाई ज्याक गरेर मूलकलाई भुटानीकरण वा सिक्किमीकरण गर्न आएको हो ’ अधिकारीको आरोप थियो ।

देशलाई निकास दिनु एमालेको दाइत्व रहेको उल्लेख गर्दै उनले अहिलेको अवश्यक्ता संसद् पुनर्स्थापना रहेको बताए । संसद्को पुनर्स्थापना मार्फत संविधान संशोधन गरेर समस्याको समाधान गर्न सकिने उनले बताए । अहिलेकै अवस्थामा निर्वाचन सम्भव नभएको उनको दाबी थियो ।

‘प्रहरीको उच्च अधिकारीको पोसाक जेलबाट भागेका अपराधीहरूसँग छ । हतियार पनि उनीहरूसँग छ । निर्वाचनको दिन उनीहरू ती पोसाक र हतियारसहित आए भने पुलिस हुन् कि अपराधी कसरी थाहा हुन्छ ’ उनले भने, ‘पहिले सरकारले सुरक्षा प्रत्याभूति दिलाउनुपर्छ अहिले दिलाउन सकिरहेको छैन ।’

अहिले एमालेले सुरु गरेको वडा, पालिका तथा जिल्लास्तरको प्रदर्शनले मुलुकभर एमालेको जनलहर रहेको प्रस्ट भएको उनले बताए । एमाले राष्ट्रवादी शक्ति भएको भन्दै देशी विदेशी शक्ति अहिले एमालेविरुद्ध खनिएको उनले बताए । नेकपामा भीम रावलको प्रवेशलाई उनले कटाक्ष गरेका थिए ।

‘भीम रावलबाट हिजो पनि सहयोग भएको थिएन । बहिर्गमन भएकोमा हर्षबढाइँ भएको छैन तर, ताक परेको बेलामा ज्ञानेन्द्र शाहीसँग हात मिलाउने नत्र प्रचण्ड ठिक भन्ने कुरा ठिक होइन,’ उनले भने ।