काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध कैलाली प्रहरीमा पनि किटानी जाहेरी परेको छ ।
एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका कैलाली अध्यक्ष कुवेर खड्काले किटानी जाहेरी दिएका हुन् । प्रहरीले जाहेरी बुझेको छ । तर, दर्ता हुन बाँकी छ । देशभर आन्दोलनमा हिंसा भड्काउन भूमिका खेलेको भन्दै जाहेरी दिएको खड्काले बताएका छन् ।
जाहेरीसहित भिडिओ, फोटो तथा फुटेजसहित पेनड्राइभमा प्रमाण राखेर बुझाइएको छ ।







