२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री लेखकद्वारा प्रथम महिला प्रहरी सम्मेलन, २०८२ को शुभारम्भ

अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा बिहीबार आयोजित विशेष समारोहबीच ‘साझा जिम्मेवारी समान प्रतिबद्धता : प्रहरी सेवामा सशक्त भूमिका’ भन्ने मूल नाराका साथ दुई दिवसीय “प्रथम महिला प्रहरी सम्मेलन, २०८२” शुभारम्भ भएको छ ।

गृहमन्त्री लेखकले पानसमा दीप प्रज्वलन गरी उक्त सम्मेलनको उद्घाटन गरेका हुन् ।

समारोहमा गृहमन्त्री लेखकले नेपाल प्रहरी संगठनमा आबद्ध भई संगठनलाई अझ गौरवान्वित बनाउन उल्लेखनीय भूमिका निर्वाह गर्ने प्रथम महिला प्रहरी चैतमाया डंगोल, अवकाश प्राप्त प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. दुर्गा थापा, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंह, प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पा र प्रहरी नायव निरीक्षक जुनी राईलाई सम्मान पत्र प्रदान गरे ।

सो अवसरमा उनले सम्मेलन विशेषांकको विमोचन गर्नुका साथै सम्मेलनको ब्यानरमा हस्ताक्षर तथा महिला प्रहरी सम्बन्धी गीतको शुभारम्भ समेत गरे ।

समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री रमेश लेखकले यस सम्मेलनको शुभारम्भले लामो इतिहास बोकेको नेपाल प्रहरी संगठनको लागि आजको दिन ऐतिहासिक तथा उपलब्धिमूलक बनेको चर्चा गर्दै यस सम्मेलनको पूर्ण सफलताको कामना समेत गरे ।

साथै समारोहमा सम्मानित हुने व्यक्तित्वहरूले निर्वाह गरेको भूमिकाको चर्चा गर्दै त्यस्ता प्रदर्शित भूमिकाहरूले संगठनमा कार्यरत महिला प्रहरी कर्मचारीहरूको लागि प्रेरणा, उत्साह एवम् मार्ग निर्देशन समेत प्रदान गर्ने विश्वास उनले व्यक्त गरे ।

गृहमन्त्री लेखकले समाजले महिला र पुरुषलाई हेर्ने दृष्टिकोण फरक रहेको बताउँदै आजका दिनमा महिला दिदी बहिनीहरूले गरेका साहसिक तथा प्रेरणादायी कार्यहरूले अन्धविश्वास तथा परम्परालाई तोड्दै महिला पनि पुरुष भन्दा अगाडि छन् भन्ने कुरा स्थापित गर्न सफल भएको उल्लेख गरे ।

सुरक्षित समाज निर्माणमा महिलाहरूको भूमिका विशिष्ट हुने चर्चा गर्दै नेपाल प्रहरीमा पनि महिला प्रहरी कर्मचारीहरूले प्राप्त गरेका जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आइरहेको बताए ।

समानता, सशक्तीकरण एवम् सम्भावनाका विषयहरूमा महिला प्रहरी कर्मचारीहरूलाई विशेष ढंगले प्रोत्साहित गर्ने तथा अवसरहरू प्रदान गर्ने कुरामा विशेष ध्यान दिई अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

गृहमन्त्री लेखकले समाजमा यौनजन्य घटनाहरू अत्यन्तै तीव्र रूपमा बढी राखेको तथा लागू औषध, सवारी दुर्घटना, आत्महत्या र साइबर अपराध चुनौतीका रूपमा देखा पर्नुका साथै यस्ता अपराधहरूबाट सबै भन्दा बढी महिला तथा बालबालिका पीडित हुने बताउँदै यस्ता अपराधहरूको न्यूनीकरण तथा नियन्त्रणमा महिला प्रहरीको उपस्थिति अझ बढी प्रभावकारी हुने बताए ।

देश भरी महिला बालबालिका तथा ज्येष्ठ नागरिकका विरुद्ध हुने अपराध जन्य घटनाहरूको सम्बोधनका लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रहरूलाई थप क्रियाशील गरी महिला बालबालिका तथा ज्येष्ठ नागरिकका सुरक्षाका निम्ति थप संवेदनशील भएर काम गर्नुपर्ने उनले बताए ।

गृहमन्त्री लेखकले गत आर्थिक वर्षमा गृह मन्त्रालयको समग्र कार्यसम्पादनमा प्राप्त उपलब्धिमा नेपाल प्रहरीले निर्वाह गरेका कार्यहरू महत्वपूर्ण रहेको चर्चा गर्दै यस आर्थिक वर्षमा पनि गत आर्थिक वर्षको जस्तै उपलब्धिहरू प्राप्त गर्न थप व्यावसायिकता प्रदर्शन गर्दै उच्च मनोबलका साथ नागरिकका प्रति अत्यन्तै विनम्र भएर तथा अपराधी प्रति अत्यन्तै निर्मम भएर जिम्मेवारी वहन गर्न कटिबद्ध हुनुपर्ने बताए ।