२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालय पाठ्यक्रममा प्रविधिको प्रयोग बढाउने व्यवस्था गर्न माग

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले विद्यालय पाठ्यक्रममा प्रविधिको प्रयोग बढाउनेबारे आवश्यक विषय समेटिनुपर्ने बताएका छन् ।

बिहीबार सिंहदरवारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद भण्डारीले पाठ्यक्रममा प्रविधिलाई अद्यावधिक गर्नु अपरिहार्य भइसकेको बताएका हुन् ।

‘हामीले पाठ्यक्रममा अहिले जसरी भए पनि नयाँ प्रविधिको विकास भएको कुरा महसुस गर्नुपर्दछ । हाम्रो पाठ्यक्रममा विश्वव्यापीकरणको प्रविधिको कुरा अवलम्बन गर्ने कुरा राख्नुपर्छ,’ उनले भने ।

अहिले भएको सरुवाको दफामा शिक्षकहरूले आपत्ति जनाएको भन्दै खाली ठाउँमा सरुवा भएर जान पाइने कुरा स्पष्टसँग लेखिनुपर्ने धारणा राखे ।

‘शिक्षकहरूले अहिले सरुवाको दफामा हामीलाई प्रदेश, जिल्ला, गाउँमा एक पटक अवसर दिइयोस्, हामी खाली भएको ठाउँमा जान पाइयोस् भन्नुभएको छ’ उनले भने, ‘यस्तो कुरा बुझिने गरी राखौँ । यसबाट अब म कहिले पनि सरुवा हुन पाइनँ भन्ने मान्छेलाई फाइदा गर्दछ ।’

सांसद भण्डारीले प्राध्यापकहरूलाई कुनै नयाँ संघ-संगठन खोल्न पनि नदिइने कुरा लेखिनुपर्ने धारणा राखे ।

‘प्राध्यापकहरूलाई राजनीति नगर्ने, आफ्नो पेशागत संघ-संस्थामा आबद्ध हुन नपाउने, विद्यालयमै केन्द्रित हुने भनिएको छ, प्राध्यापकहरूले अर्को संगठन पनि खोल्न नपाउने लेख्नुपर्छ’ उनले भने, ‘कि त संघ-संस्थामा आबद्ध हुन दिनुपर्छ । नत्र भने संघसंगठन खोल्न नदिने कुरा लेख्नुपर्छ ।’

समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन माथि छलफल जारी छ ।